
बैंकिङ खबर । धनतेरसमा सुनचाँदीको पसलमा राम्रो व्यापार हुने अपेक्षा गरीएको थियो । धनतेरसमा लकडाउनमा मारमा परेका व्यापारीहरुले सुन चाँदी किन्नेको भिड हुने आशा गरेका भएतापनि त्यस्तो हुन सकेन । सुन चाँदीको निरन्तर वृद्धिले ग्राहकको मन तान्न सकेन । विज्ञहरुका अनुसार सुनचाँदीको भाउ र कोभिडको कारण भएको आर्थिक मन्दी र सुस्त मागका कारणले गर्दा व्यापारीहरुको यस पटकको धनतेरस पनि खल्लो बन्न पुग्यो । कोभिड माहामारीको बिचमा आर्थिक गतिबिधि चलायमान राख्न लकडाउन खोलियो । यसले बजारमा केही सुधार पनि ल्यायो तर सुनचाँदीको उच वृद्धिले गर्दा सर्वसाधारण यसमा लगानी गर्न डराइरहेको बिज्ञहरु बताउछन् ।
धनतेरसमा सुनचाँदीको भाउ कति छ ?
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य ९५ हजार २०० सय र तेजाबी सुनको मूल्य ९४ हजार ७०० सय कायम रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय २० रुपैँया कायम भएको छ ।