
बैंकिङ खबर । बिहीबार सुनको भाउ प्रोतितोला दुई सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९४ हजार २ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने स्थिर अर्थात् प्रतितोला १२ सय २० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ९ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९४ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १२ सय २० रुपैयाँ कायम भएको थियो ।