Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सुनको भाउ ह्वातै घट्यो

२०७७ कार्तिक २५ गते

बैंकिङ खबर ।  सुनको भाउमा गिरावट आएको छ । सुन आज एकैदिन झण्डै साढे ३ हजार रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलामा ३ हजार ४ सय रुपैयाँले घटेर ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन ९८ हजार २ सय रुपैयाँ कायम भएको थियो । यस्तै, तजाबी सुन आज ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ । यता, सोमबार तोलामा १२ सय ७५ रुपैयाँ कायम भएको चाँदी आज तोलामा ६० रुपैयाँले घटेर १२ सय १५ रुपैयाँ कायम भएको छ ।

Ad