Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकिङ कसुर ऐन संशोधन गर्न नेपाल बैंकर्स संघको माग

२०७७ कार्तिक २४ गते

बैंकिङ खबर । नेपाल बैंकर्स संघले बैंकिङ कसुर ऐन संशोधन गर्नुपर्नेमा जोड दिएको छ । संघले विद्यमान ऐनका २७ वटा बुँदामा संशोधन गर्नु पर्ने र केही बुँदा खारेज गर्नु पर्नेमा जोड दिएको छ । केही बेकसुर बैंकर समेत एसमा फस्न थालेपछि संघले संशोधनका लागि गृहकार्य गरीरहेको हो । संघले बैंकिङ कसुर ऐनलाई कसरी ब्यवहारिक बनाउने भनेर केही समय अघि पक्राउ परेका बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठलगायत संघीय संसदका सदस्यहरू, सर्वोच्चका न्यायाधीशहरूसँग पनि छलफल गरेर प्रतिवेदन तयार पारेको हो । राम्रो कामको सम्मान हुनुको साटो अरुको गल्तीले जेल जानु पर्ने खालको प्रावधान रहेको भन्दै गल्ती गर्नेलाईमात्र कानुनको दायरामा ल्याउन ऐन संशोधन हुनुपर्ने संघको माग छ ।

 

 

 

 

 

 

 

Ad