Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

लकडाउन खुल्यो, खुलेन लगानीको ढोका ! व्याज सस्तीयो कर्जा प्रवाह भएन

२०७७ कार्तिक २३ गते

बैंकिङ खबर । लामो समयको लकडाउन, निशेधाज्ञा खेपेपछि उठ्नै नसक्नेगरी केही विलय भए भने केही तङ्ग्रीने प्रयासमा रहेका छन् । लामो समयको बन्दाबन्दी खेपीसकेपछि थकित् बनेका आम जनसमुदाय अझै पनि डर र त्रासको बिचमा बस्न बाध्य नै छन् । निरन्तरको बन्दाबन्दी पछि खुलेको बजारले पनि व्यवसायीलाई राहत दिन भने सकेन । दशैमा केही आर्जन गर्ने आश बोकेर व्यवसायीको यस पटक व्यापार हुन सकेन । व्यवसायीहरु ब्यस्त हुनुपर्ने सिजनमा पनि ग्राहक आउदा व्यापार खस्कीएको हो ।

कोरोना भाइरसको महामारीका कारण अघिल्ला वर्षहरू जस्तो शहर बजारमा दशैंको चहलपहल समेत हुन सकेन । प्रायजसो दशैंको सिजनमा धेरै राम्रो व्यापार हुने गरेको भए पनि अहिले त्यस्तो हुन नसक्दा व्यापारीहरू निराश छन् । वर्षभरीको आम्दानी दशैमा हुने गरेकोमा यस पटक सामान्य अवस्थाको जस्तो पनि दशैमा कारोबार हुन सकेन । कोरोना संक्रमणका कारण एकातिर बजार पूर्णरुपमा खुल्न सकेन भने अर्कातिर संक्रमण जोखिम र आर्थिक दबाबका कारण सर्वसाधारणहरु किनमेलका लागि नजाँदा अर्थतन्त्र चलायमान हुन सकेन, यता संक्रमणले दिनानुदिन भयावह रुप लिदा व्यवसायीहरु अब लगानी गर्ने वा नगर्ने भनेर अलमलमा पर्न थालेका छन् । बाहिरबाट मगाउनुपर्ने सामानहरुले महंगाईको सामना गर्नुपरेको छ भने अब सामान दामको दाममा बिक्न समेत मुस्किल पर्ने गरेको व्यापारीहरु बताउँछन् ।

  • व्यबसायीक वातावरण बन्न नसक्दा सस्तो व्याजमा समेत बैंकहरुले कर्जा प्रवाह गर्न सकेका छैनन् । अहिले ८ प्रतिशतदेखि १० प्रतिशतसम्म कर्जाको व्याजदर तोकिएको छ । गाडि र घर कर्जामा यो भन्दा अझ कम व्याजदरमा पनि कर्जा प्रवाह भइरहेको छ ।

कोरोनाले व्यापारी मात्र नभई साना ठुला उद्यम गर्ने वर्ग, तथा हरेक तह तप्काका वर्गलाई प्रताणित गरेको छ । हरेकको व्यवसायमा कोरोना कहरले गहिरो असर गरेको छ । कोरोना संक्रमण रोकथामका लागि गरीएको बन्दाबन्दीका कारण लामो समय अत्यावश्यक बाहेक सबै सेवा ठप्प भए । शिक्षण संस्थाहरू कहिले खुल्ने भन्ने अझै टुंगो लागेको छैन ।आवागमनमा लगाइएको रोकका कारण यातायात क्षेत्र पनि नराम्ररी थलिंदा अटोमोबाइल्स व्यवसायमा पनि असर परेको छ । यो वर्ष अटोमोबाइल्सबाट दशैं लक्षित गरेर धेरै अफरहरु आएको भएतापनि त्यसले ग्राहकहरुलाई आकर्षित गर्न नसक्दा ठूलो कारोबार हुन सकेन । अन्य वर्ष अटोमोबाइल्स क्षेत्रले सरकारलाई वार्षिक लगभग रु.१ खर्ब राजश्व बुझाउने गरेकोमा यस वर्ष व्यापार व्यवसाय प्रभावित भएकाले राजश्व समेत प्रभावित हुने देखिएको छ ।

यस्ता थुप्रै व्यवसायको स्थिति अनिश्चित छ अब लगानी गरेर व्यवसयाय अघि बढाउँने वा भोलीको बाटो हेर्नेमा उनीहरु निश्चित हुन सकेका छैनन् ।  अबका दिनमा कोरोना संक्रमण बढेर आर्थिक क्षेत्रमा अझै खराब अवस्था आए चालु वर्षमा आर्थिक वृद्धि माइनससमा जाने सरकारी अध्ययनले देखाएको छ, जसबाट सबैजना अनिश्चिततामा लगानी गर्न डराइरहेका छन् ।

 

Ad