Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कुमारी बैंकले घोषणा गरेको लाभांश संशोधन, यस्तो छ संशोधित बोनस

२०७७ कार्तिक २३ गते

बैंकिङ खबर । कुमारी बैंकले गत आर्थिक वर्ष २०७६/७७ को लागि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको छ । कम्पनीले बैंकले कुल लाभांश १४ प्रतिशतनै हुने गरी बोनसको दर बढाएर लाभांश संशोधन गरेको हो । कम्पनीको कात्तिक ५ गतेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । नेपाल राष्ट्र बैंकले उक्त लाभांश संशोधनका लागि निर्देशन दिएसँगै कम्पनीले १० दशमलव ८५ प्रतिशत बोनस शेयर र ३ दशमलव १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीको कात्तिक २१ गतेको सञ्चालक समितिले संशोधन गर्ने निर्णय गरेको यो लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।देवः विकास बैंकलाई प्राप्ति गरी असार २८ गतेदेखि एकीकृत कारोबार शुरु गरेको उक्त कम्पनीका बैंकका शेयरधनीहरुले यो वर्ष करमा छूट पाउनेछन् । प्राप्ति प्रक्रिया पुरा गरेको उक्र कम्पनीले यस वर्ष बोनस शेयरमा लाग्ने कर वापतको रकममा छूट पाउनेछ । यसर्थ उक्त कम्पनीका शेयरधनीहरुले १४ प्रतिशतनै लाभांश हात पार्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू १२ अर्ब ५२ करोड ४९ हजार रहेको छ ।गत असार मसान्तसम्म कम्पनीले रू १ अर्ब २२ करोड ६५ लाख ५९ हजार खुद नाफा गरेको छ । सो अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा रू ७१ करोड २८ लाख ८३ हजार थियो । गत वर्ष भन्दा यो वर्ष कुमारी कम्पनीको लाभांशमा भने वृद्धि भएको छ ।गत वर्ष उक्त कम्पनीले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिएको थियो ।

Ad