Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोभिडका कारण विद्युतीय कारोबारमा उल्लेख्य बृद्धि भएको गभर्नर अधिकारीको भनाई

२०७७ कार्तिक १९ गते

बैंकिङ खबर । गभर्नर महाप्रसाद अधिकारीले कोभिडका कारण विद्युतीय कारोबारमा उल्लेख्य बृद्धि भएको बताउनुभएको छ । रिजर्व बैंक अफ इण्डियाले सन् २०२० नोभेम्बर ४ मा सार्क राष्ट्रका केन्द्रीय बैंकका गभर्नरहरुको सहभागीतामा भर्चुअल माध्यम मार्फत आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । सन् २०२० को लागि SAARCFINANCE chair रहेको रिजर्व बैंक अफ इण्डियाले सन् २०२० नोभेम्बर ४ मा सार्क राष्ट्रका केन्द्रीय बैंकका गभर्नरहरुको सहभागीतामा 40th SAARCFINANCE Group Meeting भर्चुअल माध्यम मार्फत आयोजना गरेको थियो । सो अवसरमा गभर्नर महा प्रसाद अधिकारी समेत रिर्जव बैंक अफइण्डियाले आयोजना गरेको उक्त भर्चुअल बैठकमा सहभागी हुनुभएको थियो ।

बैठकमा नेपाल राष्ट्र बैंक लगायत सार्क राष्ट्रका अन्य केन्द्रीय बैंकहरू दा अफगानिस्तान बैंक, बंगलादेश बैंक, रोयल मनिटरी अथोरिटी अफ भुटान, रिजर्व बैंक अफ इण्डिया, माल्दिभ्स मनिटरी अथोरिटी, स्टेट बैंक अफ पाकिस्तान र सेन्ट्रल बैंक अफ श्रीलंकाका गभर्नरहरु, डेपुटी गभर्नरहरु तथा अधिकारीहरूको सहभागिता रहेको थियो ।
सो अवसरमा हाल सार्कफाइनान्स केन्द्रीय बैंकहरुको chair रहेको रिजर्व बैंक अफ इण्डियाका गभर्नर शक्तिकान्त दासले स्वागत मन्तव्य राख्नुभयो । उहाँले उक्त बैठकमा आफ्ना विचार राख्दै कोभिड–१९ को प्रभाव न्यूनीकरणका लागि कूल गार्हस्थ उत्पादनको १० प्रतिशत बराबरको policy response कार्यान्वयन गरेको उल्लेख गर्दै रिर्जव बैंक अफ इण्डियाले चालेका अन्य नीतिगत व्यवस्था, समग्र आर्थिक परिसूचक एवं वित्तीय अवस्थाका विषयमा समेत जानकारी दिनुभयो ।
सो अवसरमा गभर्नर अधिकारीले नेपालको वर्तमान स्थिति एवं कोभड–१९ का कारण नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा परेको असर एवम् त्यसको न्यूनीकरणका लागि अवलम्बन गरिएका नीतिगत व्यवस्थाहरु जस्तैः नीतिगत दरमा कटौती, पुर्नकर्जाको सीमा बृद्धि, कर्जा वर्गीकरण तथा प्रोभिजनीब व्यवस्था, थप चालु पुँजीको व्यवस्था, कर्जाको पुनरतालिकीकरण÷ पुनर्संरचना लगायतका विषयमा आफ्नो धारणा प्रस्तुत गर्नुभयो । उहाँले कोभिड–१९ का कारण विद्युतीय कारोबार उल्लेख्यरुपमा बृद्धि भएको र यसले वित्तीय पहुँचमा बृद्धि हुने धारणा समेत राख्नु भयो । त्यसैगरी उहाँले, सार्कफाइनान्स अन्तर्गतका केन्द्रीय बैंकहरुले Digital Common Currency अवलम्बन गर्न सार्कफाइनान्स स्तरमा एक अध्ययन गर्नुपर्ने धारणा समेत ब्यक्त गर्नु भयो ।
सार्क राष्ट्रका गभर्नरहरुले बैठकका क्रममा आ–आफ्नो केन्द्रीय बैंक र सरकारले कोभिड–१९ का कारण समग्र अर्थतन्त्रमा परेका असर र त्यसको न्यूनीकरणका लागि लिइएका नीतिगत व्यवस्थाका विषयमा चर्चा गर्नु भएको थियो ।
गभर्नर अधिकारी सहभागी हुनुभएको उक्त बैठकमा गभर्नरको कार्यालयका कार्यकारी निर्देशक डा. नेफिल मातङ्गि मास्के, गभर्नरको कार्यालयका का.मु. निर्देशक तथा सार्कफाइनान्स कोअर्डिनेटर
नारायणप्रसाद पोख्रेल लगायत अन्य अधिकृतहरुको उपस्थिति रहेको थियो ।

Ad