अर्थमन्त्री पौडेल र नेपालका लागि भारतका राजदूत क्वात्राबीच भेटवार्ता
२०७७ कार्तिक १८ गते
बैंकिङ खबर । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राबीच आज भेटवार्ता भएको छ । उनीहरुबिच अर्थ मन्त्रालयमा भेट वार्ता भएको हो । भेटवार्ताका क्रममा दुईपक्षबिच आर्थिक सहयोग, व्यापार, लगानी, कोभिड–१९ को महामारी नियन्त्रण लगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटका क्रममा अर्थमन्त्री पौडेलले नेपालको विकासका लागि भारत सरकारको सहयोगका लागि धन्यवाद दिएका थिए । त्यस्तै, राजदूत क्वात्राले पनि अर्थमन्त्री पौडेललाई सफल कार्यकालको शुभकामना दिदै नेपाल र भारतबीच धेरै पुरानो सम्बन्ध भएको जनाउँदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताएका थिए ।