अपेक्षा ढुंगाना, बैंकिङ खबर । नेपालमा गएको एक वर्षमा हेर्दा सुनको मूल्यमा अत्याधिक वृद्धि भएको छ । २०७६ भाद्र मसान्तमा रु.७१ हजार ३ सय रहेको मूल्य आश्वीन मसान्त २०७७ सम्म आइपुग्दा रु. २३ हजार ६ सयले बढेर ९४ हजार ९ सय पुगेको छ जुन ३३.१० प्रतिशतको वृद्धि हो ।


नेपालमा सुनको मूल्य वृद्धि हुनुमा कुनै एक मात्र कारण नभई विभिन्न कारणहरु छन् ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा आएको वृद्धि :
नेपालमा सुनको मूल्य वृद्धि हुनुको प्रमुख कारण अन्तराष्ट्रिय बजारमै भएको मूल्य वृद्धि हो । गएको एक वर्षमा हेर्दा अन्तराष्ट्रिय बजारमा २०७६ भाद्र मसान्तमा अमेरीकी डलर प्रति औंस १,५०२.१० रहेको मूल्य आश्वीन मसान्त २०७७ सम्म आइपुग्दा अमेरीकी डलर प्रति औंस १,९०५.०५ भएको छ ।

अमेरीकी डलर सँग नेपाली मुद्रा कमजोर हुनु :
अमेरीकी डलर सँग नेपाली मुद्रा कमजोर हुनु पनि नेपालमा सुनको मूल्य वृद्धि हुनुको अर्को कारण हो । २०७६ भाद्र मसान्तमा ११४.८६ रहेको अमेरीकी डलरसँग नेपाली मुद्राको मूल्य आश्वीन मसान्त २०७७ मा आइपुग्दा बढेर ११७.७२ भएको छ ।
सुन आयातमा लाग्ने भन्सार शुल्क :
नेपालमा सुनको मूल्य बढ्नुको अर्को कारण हेर्दा सुन आयातमा लाग्ने भन्सार शुल्क हो । २०७७, ७८ को बजेट मार्फत सुन प्रति १० ग्राममा भन्सार शुल्क बढाएर रु. ८,५०० पुर्याएको छ, जुन प्रति तोला रु.९,९१४ हो ।
अमेरीकाचीनको व्यापारीक द्धन्द :
डोनाल्ड ट्रम्प अमेरीकी राष्ट्रपति भएपछि अमेरीकाचीनको व्यापारीक द्धन्द बढ्न्को कारणले पनि सुनको मूल्यमा वृद्धि भएको हो । व्यापारीक द्धन्दले गर्दा लगानीकर्ताहरुले सुरक्षित लगानीका लागि सुनतिर लगानी बढाएको कारण सुनको मूल्य वृद्धि भएको हो । सुन सुरक्षित लगानीहरुमध्ये एक सबैभन्दा सुरक्षित लगानी (SafeHaven) धातु हो ।
कोरोना माहामारीले गर्दा :
२०१९ डिसेम्बर बाट सुरु भएको कारोना माहामारीले गर्दा लगानीकर्ताहरुले अन्य विभिन्न ठाउँमा गरेको लगानी बेच्दै सुनमा लगानी बढाएको कारण सुनको मूल्यमा वृद्धि भएको हो । कारोना माहामारीले गर्दा विभिन्न देश र विभिन्न क्षेत्रमा अनिश्चितता बढको कारण सबै लगानीकर्ताहरु सुरक्षित लगानी (SafeHaven ) पहेलो धातु सुनतिर आकर्षित भएक हुन् ।