
बैंकिङ खबर । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सोमबार स्थिर रहेको सुन आज ४ सयले बढेको हो ।
आइतबार सुनको मूल्य प्रतितोला ९५ हजारमा कारोबार भएकोमा सोमबार पनि सोहि मूल्यमा कारोबार भएको थियो । त्यस्तै, आज भने सुन प्रतितोला ९५ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ४ सय रुपैयाँले नै बढेर ९४ हजार ९ सय पुगेको महासंघले जनाएको छ ।
यता, आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार २१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।