Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

निक्षेपको व्याजदर घटेसँगै बैंकहरुको आधारदर घट्यो

२०७७ कार्तिक १७ गते

बैंकिङ खबर । बैंकहरुले निक्षेपमा दिने व्याजदर कम गर्न थालेसँगै आधारदर घटेको छ । पछिल्लो समय व्याजदर कम भएको प्रत्यक्ष असर अधार दरमा देखिएको छ । गत साउन २०७६ मा ९.४५ रहेको आधार दर २०७७ भदौसम्म आइपुग्दा घटेर ७.८३ भएको छ । बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधार दर (बेस रेट) हो । बेस रेटमा शून्यदेखि ५ प्रतिशतसम्म प्रिमियम थपेर बैंकहरुले ब्याजदर तोक्न पाउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई कर्जा प्रवाह गर्दा कर्जाको ब्याजदर निर्धारण गर्नु पर्दछ । आधार दर भन्दा कम कुनै पनि बैंक तथा बित्तीय संस्था ले ब्याजदर लिन पाउंदैनन् । कर्जाको ब्याजदर आधार दर (बेस रेट) मा लिङ्क गरेको हुन्छ । आधार दर कर्जा प्रवाहको वास्तविक ब्याजदर नभई ब्याजदर निर्धारण गर्ने आधार मात्र हो । नेपालमा कोरोनाको प्रत्यक्ष असर देखिन थालेपछि बैंकहरुले निक्षेपमा दिने व्याजदर कम गर्न थालिसकेका थिए । यसको प्रत्यक्ष असर अधार दरमा देखिएको छ ।  गत साउन २०७६ मा ९.४५ रहेको आधार दर २०७७ भदौसम्म आइपुग्दा घटेर ७.८३ पुगेको छ ।

गत साउन २०७६ मा ९.४५ रहेको आधार दर २०७६ भाद्रमा ९.५३ रहेको थियो भने २०७६ आश्विनमा पुग्दा बढेर ९.५६ मा पुगेको थियो । त्यस्तै, २०७६ कार्तिकमा ९.५० मा पुग्यो । २०७६ मंसिरमा ९.४६, २०७६ पौषमा ९.४३, २०७६ माघमा ९.४५, २०७६ फागुनमा ९.४५, चैत्रमा ९.३६, २०७७ बैंशाखमा ८.९६, २०७७ जेष्ठमा ८.६६ मा र २०७७ असारमा ८.५० रहेको थियो । त्यस्तै, २०७७ श्रावणमा ८.०८ र भाद्रमा ७.८३ रह्यो ।

आधार दर गणना गर्ने विधिः
आधार दर गणना गर्दा निम्नानुसारको विधि अपनाउनु पर्छ 
आधार दर = कोष लागत प्रतिशत + अनिवार्य मौज्दात लागत प्रतिशत + वैधानिक तरलता लागत प्रतिशत + संचालन लागत प्रतिशत 

Ad