Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

२०७७ कार्तिक १६ गते

बैंकिङ खबर । नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ सामान्य रुपमा बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले बढेको छ भने चाँदी १५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलाको ९४ हजार ५ सय रहेको छापावल सुनको आज तोलाको ९५ हजार कायम भएको छ । यस्तै तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९४ हजार ५ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । यता, चाँदीको भाउ शुक्रबारको तुलनामा १५ रुपैयाँले बढेर तोलाको ११ सय ९५ कायम भएको छ ।

Ad