Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

पछिल्लो १४ महिनामा अन्तर बैंक व्याजदरको स्थिति

२०७७ कार्तिक १३ गते

 बैंकिङ खबर । अपेक्षा ढुंगाना । कुनै पनि बैंक तथा वित्तीय संस्थाले अर्को बैंक तथा वित्तीय संस्थालाई दिईने सापटीमा लाग्ने व्याजदर नै अन्तर बैंक व्याजदर हो । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार यस्तो सापटी बढीमा ७ दिन सम्मको लागि मात्र लिन पाईन्छ । अन्तर बैंक व्याजदर तरलता अनुसार घट्ने बढ्ने गर्दछ । सामान्यतः बैंकिङ क्षेत्रमा तरलता बढ्दा अन्तर बैंक व्याजदर घट्ने र तरलता घट्दा अन्तर बैंक व्याजदर बढ्ने गर्दछ । नेपाल राष्ट्र बैंकको “क” वर्गको वाणिज्य बैंकहरुको मात्र अन्तर बैंक व्याजदर हेर्दा गएको १४ महिनामा  धैरै घटबढ भएको देखिन्छ । जस्तै, श्रावण २०७६ मा १.१९ % रहेको अन्तर बैंक व्याजदर दुई महिना पछि आश्विन २०७६ मा आउँदा बढेर ४.६२ % पुगेको देखिन्छ । यता, बैशाख २०७७ देखि अन्तर बैंक व्याजदर तरलता बढेसँगै क्रमिक रुपमा घट्दै आएको छ । बैशाख २०७७ मा ४.०६ % मा रहेको अन्तर बैंक व्याजदर आर्थिक वर्ष २०७७/७८ को दोस्रो महिना भाद्र २०७७ मा आइपुग्दा घटेर ०.०८ % मा पुगेको छ । 

तरलता बढेसँगै क्रमिक रुपमा घट्दै आएको अन्तर बैंक व्याजदर २०७७ कार्तिक १२ गतेसम्म आइपुग्दा ०.१७ प्रतिशत पुगेको छ । त्यस्तै, २०७७ कार्तिक १२ गतेको तरलता हेर्दा बैंकिङ क्षेत्रमा १८० अर्ब तरलता देखिन्छ । आर्थिक वर्ष २०७७/७८ मा नेपाल सरकारले प्रथम चौमासमा रु. ५७ अर्ब आन्तरिक ऋण उठाउँने लक्ष्य राखेकोमा रु. ३० अर्बको विकास ऋणपत्र मार्फत  र रु. ७ अर्ब ३६४ दिने ट्रेजरी बिल मार्फत आन्तरिक ऋण उठाइसकेको छ र रु. २० अर्ब विकास ऋण पत्र मार्फत उठाउँने लक्ष्य राखेको छ । यसैगरी दोस्रो चौमासमा रु.५६ अर्ब र तेस्रो चौमासमा रु. ११२ अर्ब आन्तरिक ऋण उठाउँने लक्ष्य राखेको छ । नेपाल सरकारले यसैगरी आन्तरिक ऋण उठाएसँगै तरलता घट्ने देखिन्छ र त्यसको असर अन्तर बैंक व्याजदर अहिलेको भन्दा बढ्ने देखिन्छ ।

 

Ad