बैंकिङ खबर । बिओके क्यापिटलको पाँचौ वार्षिक साधारण सभा मंसिर ५ गते कम्पनीको कार्यालय कमलादी, काठमाडौंमा दिनको १ बजेबाट शुरु हुने भएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले कम्पनीले चुक्ता पुँजीको ४.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । जसका लागि ९५ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ । सभामा आर्थिक वर्ष २०७६–७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा समेत छलफल हुनेछ ।