Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

दशैंमा बैंकहरुकको क्यासब्याक अफर, कुन बैंकमा कति क्यासब्याक पाइन्छ ?

२०७७ कार्तिक १२ गते

बैंकिङ खबर । दशैं तिहारको अवसरमा डिजिटल दक्षिणालाई प्रोत्साहन गर्न बैंकहरुले विशेष योजनाहरु सार्वजनिक गरेका छन् । यस विषम परीस्थितिमा नगदको प्रयोग कम गर्न बैंकहरुले डिजिटल दक्षिणालाई प्राथमिकता दिदै मोबाइल बैंकिङ एप्सबाट दक्षिणा दिँदा छुट एवं क्यासब्याकका योजनाहरु सार्वजनिक गरेका छन् । यस वर्ष राष्ट्र बैंकले नयाँ नोट सटही नगरेको तथा कोरोना माहामारीलाई समेत ध्यानमा राख्दै चाडबाडमा डिजिटल दक्षिणामा फोकस गरेको बैंकहरु बताउँछन् । यसबाट विद्युतीय कारोबारमा आकर्षित गर्न सकिने बैंकहरूको विश्वास छ ।

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैकले चाडबाडलाई लक्षित गर्दै कात्तिक १ देखि सबै शाखामार्फत विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्था लागु गरेको छ । बैंकले पोइन्ट अफ सेल (पीओएस) सेवा सुरु गरेको छ । बैंकले दसैं एवं तिहार लगायतका पर्वलाई लक्षित गर्दै आफ्ना सम्पूर्ण शाखाहरुमार्फत विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनको लागि पीओएस माध्यमबाट भुक्तानी सेवा शुरु गर्न थालेको उल्लेख गरेको छ । अब देशभर रहेको विभिन्न व्यवसायहरुमा राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट पीओएस माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैयाँसम्म क्यासब्याक उपलब्ध हुनेछ । यसमा महामारीबाट जोगिन विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुन सक्ने र यस प्रकारको प्रणालीबाट ग्राहकवर्ग, बैकको सेवाग्राहीहरु तथा समग्र समाजलाई अधिकतम फाइदा पुग्ने बैंकको विश्वास छ ।

बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूले दशैंको उपलक्ष्यमा आफ्ना मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई डिजिटल दक्षिणामा तीन सय सम्मको नगद उपहार योजना ल्याएको छ । कोरोनाको असहज परिस्थितिमा नोटविहीन बैंकिङ कोरोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले ल्याएको ‘डिजिटल दक्षिणा’ अफरमा तीन सय रुपैयाँ उपहार पाइनेछ । त्यसका लागि बैंकका ग्राहकले बिओके स्मार्ट बैंकिङ एप प्रयोग गरेर फोन पेमार्फत कुनै पनि बैंकको तीन वटा खातामा दक्षिणास्वरुप रकम पठाउनु पर्नेछ । दक्षिणावापत रकम पठाउनेको खातामा बैंक अफ काठकाण्डूबाट ३ सय रुपैयाँ नगद व्यबस्था गरिएको छ । यो अफरमा ग्राहकहरुले तीन वटा खातामा गरी न्यूनतम १ हजार रुपैयाँ दक्षिणास्वरुप रकमान्तर गर्नुपर्ने बैंकले जनाएको छ ।

मेगा बैंक नेपाल
मेगा बैंक नेपाल लिमिटेडले दशैंमा दक्षिणा दिनका लागि ‘तीनमा तीन सय’ नामक आकर्षक अफर ल्याएको छ । कोरोनाको असहज परिस्थितिमा नोटबिहीन बैंकिङ कोरोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले सो योजना ल्याएको हो । बैंकको ‘डिजिटल दक्षिणा’ अफरमा दक्षिणा दिनेले पनि तीन सय रुपैंया पाउनेछन् । बैंकका ग्राहकले मेगा स्मार्ट बैंकिङ एप प्रयोग गरेर फोन पेमार्फत कुनै पनि बैंकको तीन वटा खातामा दक्षिणा स्वरुप रकम पठाउनुपर्नेछ । दक्षिणा बापत रकम पठाउनेको खातामा मेगा बैंकबाट ३ सय रुपैंया ‘क्यासब्याक’को व्यबस्था समेत गरिएको बैंकले जनाएको छ । यसरी रकम पठाउँदा विवरण (रिमार्कस्)मा ‘दक्षिणा’ भनी खुलाउन बैंकले अनुरोध गरेको छ । दशैंको टीकाको दिनदेखि पूर्णिमासम्म यो अफरमा ग्राहकहरुले तीन वटा खातामा गरी न्यूनतम ५ सय रुपैंया दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने मेगा बैंकले जनाएको छ ।

सिटिजन्स बैंक
सिटिजन्स बैंक इन्टरनेसनलले डिजिटल “दक्षिणा दिऊँ, क्यासब्याक लिऊँ” योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार ग्राहकहरूले मोबाइल बैंकिङमार्फत दसैँमा दक्षिणा पठाउँदा २५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्ने छन् । यसका लागि मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले दसैँको दिनदेखि द्वादशीसम्म तीनपटक गरी पाँच सयभन्दा बढी दक्षिणा पठाए उक्त क्यासब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । तर दक्षिणा पठाउँदा विवरणमा भने “दक्षिणा” भनी खुलाउनपर्ने छ । दसैँलाई लक्षित गरी ल्याइएको यस योजनाबाट डिजिटल बैंकिङ सभ्यताको विकास हुने र कोभिड नियन्त्रणविरुद्धको यात्रामा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले विजया दशमीको उपलक्ष्यमा माछापुच्छ्रे मोबाइल मनीमार्फत डिजिटल दक्षिणा पठाउँदा क्यास ब्याक प्रदान गर्ने भएको छ ।विजयादशमीको दिनदेखि पूर्णिमासम्म माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप माछापुच्छ्रे मोबाइल मनीमार्फत जुनसुकै बैंकको खातामा दक्षिणा पठाउँदा ग्राहकले उक्त क्यास ब्याक प्राप्त गर्न सक्ने जनाइएको छ । क्यासब्याक प्राप्त गर्न ग्राहकले पैसा ट्रान्सफर गर्दा प्रोमो कोडमा दसैँ लेख्नुपर्नेछ । उक्त क्यासव्याक पूूर्णिमा पछि ग्राहकको खातामा सिधै जम्मा हुुनेछ बताइएको छ। 
क्यासव्याक प्राप्त गर्न न्यूूनतम २०० वा सो भन्दा वढिको दक्षिणा कारोबार गर्नुु पर्नेछ।

 

सिद्धार्थ बैंक
सिद्घार्थ बैंक लिमिटेडले चाडपर्वको अवसर पारी ग्राहकहरुलाई लक्षित गर्दै डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथएफवान सफ्टसँग सहकार्य गरी बैंकको मोबाइल बैंकिङ्ग एप, सिद्घार्थ बैंकस्र्माट मार्फत विभिन्न क्यासब्याक योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत ग्राहकहरुले बैंकस्मार्ट मार्फत कारोबार गर्दा कार्तिक ६ देखि मंसिर ५ गते सम्म  बैंक स्मार्ट एप क्रियाशील गर्दा रु ५०/- को मोबाइल टपअप पाउनेछन् ।
२) डिजिटल दक्षिणा :
 कार्तिक १० देखि कार्तिक १४ गते सम्म कारोबारको विवरणमा ”Dakshina” लेखि तीन पटक रकम (न्यूनतम रु १००/-) ट्रान्सफर गर्दा रु ३००/-क्यास ब्याक ।
३) पहिलो र थपतीनकारोबारमाक्यास ब्याक :
 कार्तिक ६ देखि मंसिर ५गते सम्म कारोबारको विवरण  मा “My First” लेखि पहिलो पटक कारोबार गर्दा वा रकम ट्रान्सफर गर्दा २०%(अधिकतम रु १००/-) क्यास ब्याक ।
थपतीन कारोबार गर्दा रु ३००/-क्यास ब्याक ।
यस क्यास ब्याक पाउन रु ५००/-वा सो भन्दा बढि रकमको कारोबार गर्नु पर्ने ।
यसै गरीे कार्तिक ६ देखि मंसिर ५ गते सम्मकम्तीमादशवासो भन्दा बढि कारोबार गर्दा एफवानसफ्टले आफ्नो छनोट प्रक्रियाबाट पाँचजनालाई मोबाईल फोन उपहार प्रदान गर्नेछ ।
यस योजनाले नगद भुक्तानी कारोबारबाट डिजिटल भुक्तानीकारोबारतर्फ आकर्षित गर्ने र अनलाइन कारोबारलाई अझै प्रेरित गर्नेे विश्वास बैंकले लिएको छ ।

सानिमा बैंक
सानिमा बैंकले चाडपर्व लक्षित गर्दै डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एफवान सफ्टसँग सहकार्य गरी बैंकको मोबाइल बैंकिङ एप, सिद्धार्थ बैंक स्मार्टमार्फत विभिन्न क्यासब्याक योजना ल्याएको छ ।
दसैँ दक्षिणा योजनाअन्तर्गत कात्तिक १० देखि कात्तिक १४ गतेसम्म कारोबारको विवरणमा दसैँ लेखी तीनपटक रकम (न्यूनतम १०० र ट्रान्सफर गर्दा ३०० रुपैयाँ) क्यासब्याक पाइने बैंकले जनाएको छ । यो योजनाअन्तर्गत हरेक दिन ३० जनाले ३०० रुपैयाँ क्यासब्याक पाउने बैंकले जनाएको छ ।

 

एन आई सी एशिया बैंक

एन आई सी एशिया बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्टा डिजिटल कारोबारको माध्यम प्रयोग गर्नु वाञ्छनीय रहेको हुँदा भौतिक दुरी कायम गरी सुरक्षित किसिमले विजया दशमी मनाउनु नै आजको आवश्यकता ठानी आफ्ना ग्राहकहरूलाई डिजिटल रकम स्थानान्तरणमा प्रोत्साहनस्वरूप डिजिटल दक्षिणा योजना ल्याएको छ । ‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात गर्दै आइरहेको यस बैंकले दशैंमा ग्राहकहरूले आफ्ना आफन्तजनलाई दिने दक्षिणा यस बैंकको मोबाइल बैंकिङ्ग मार्फत प्रदान गरेमा दक्षिणा रकमको थप १० प्रतिशत वा अधिकतम रू. १०० सम्म बैंकले आफ्नो तर्फबाट थप गरिदिनेछ ।

यो योजना यस बैंकमा आबद्ध ग्राहकहरूलाई विजया दशमी टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म लागू गरिएको छ भने यस योजना अवधीभर बैंकको तर्फबाट एक जनाले अधिकतम रू. ५०० सम्म दक्षिणा प्राप्त गर्न सक्नेछन् । उक्त १० प्रतिशत रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहकको बैंक खातामा जम्मा गर्नेछ । यस योजनाअन्तर्गत एप प्रयोग गरी दक्षिणा दिँदा बैंकका ग्राहकहरूले MoBank एपमा रहेको “Digital Dakshina” मा ट्याप गरी आफुले दिन चाहेको रकम, एकाउन्ट नम्बर, खातावालाको नाम तथा Remarks मा Dakshina जस्ता विवरण अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ ।

 

सनराइज बैंक

स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियानलाई आत्मसाथ गर्दै सनराइज बैंकले आगामी चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको छ । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले एफवानसफ्टसँग सहकार्य गरी यस योजना ल्याएको हो ।

यस योजना अन्तर्गत सनराइजले आफ्नो मोबाइल बैंकिङ्ग सनराइज स्मार्ट एप मार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २० जना भाग्यशाली ग्राहकहरुलाई एकरएक थान स्मार्ट फोन प्रदान गर्ने बैंकले जनाएको छ । साथै नयाँ ग्राहकहरुलाई प्रोत्साहन गर्न पहिलो पटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम रु। १०० क्यास ब्याक गर्ने व्यवस्था समेत बैंकले गरेको छ ।

 

एनएमबि बैंक

एनएमबि बैंकले दसैंको दक्षिणा मोबाइल बैकिङबाट दिँदा ३ सय रुपैयाँसम्म क्यास ब्याक दिने भएको छ । दशैंलाई लक्षित गर्दै ल्याइएको अफर अन्तर्गत दशमीको दिन मोबाइल बैंकिङ्गबाट दक्षिणा दिँदा ३ सय रूपैयाँसम्म क्यासब्याक पाइने भएको छ ।

Ad