बैंकिङ खबर । नबिल बैंकका सीइओ अनिल केशरी शाह कोरोना संक्रमणमुक्त भएका छन् । उनले आफू कोरोना संक्रमणमुक्त भएको फेसबुकमार्फत् जानकारी दिएका छन् । उनले मंगलबार गराएको पीसीआर परीक्षणमा आज नेगेटिभ रीपोर्ट आएको जानकारी दिएका छन् । सीइओ शाहलाई कात्तिक २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
