बैंकिङ खबर । धितोपत्रको दोस्रो बजार आज बुधवार देखि पुनः सुचारु हुने भएको छ । गत शुक्रवारदेखि दशैका लागि बन्द भएको धितोपत्रको दोस्रो बजार बुधवारदेखि पुन खुल्ने भएको हो । दशै अघि गत बिहीवारको अन्तिम कारोबारका दिन नेप्से परिसूचक १ हजार ६०६ दशमलव २५ विन्दुमा पुगेर बन्द भएको थियो ।