बैंकिङ खबर । नेपाल लघुवित्त बैङ्कर्स संघले उपाध्यक्षसहित, कोषाध्यक्ष र केही सदस्यलाई मनोनयन गरेको छ । जसअनुसार उपाध्यक्षमा मेरो माइक्रोफाइनान्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहाल, कोषाध्यक्षमा स्वाबलम्बन लघुवित्तका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याललाई नियुक्त गरेको छ । त्यसैगरी सभाले संघको कार्यसमितिमा उन्नति सहकार्य लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठक, समता लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र गणपति लघुवित्तका प्रमुख कार्यकारी अधिकृत अच्युत सापकोटालाई नियुक्त गरेको छ । संघका अध्यक्ष वसन्तराज लम्सालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गर्नुभएको थियो । जुमबाट गरिएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकाल, लघुवित्त डिपार्ट प्रम्ुख डा.प्रकाश कुमार श्रेष्ठ, नेपाल र्बैकर्स संघका अध्यक्ष भुवन दाहाल, नेपाल लघुवित्त संघका अध्यक्ष जगत बहादुर पोखरेल तथा नेपाल लघुवित्त र्बैकर्स संघका पूर्वअध्यक्ष राम चन्द्र जोशीले शुभकामना दिनुभएको थियो ।