बैंकिङ खबर । नेपाली धर्मावलम्बीहरुको महान् चाड आउँदा यस समय सामान्य अवस्था हुदो हो त यति बेला निकै ठुलो चहलपहल हुने गथ्र्यो, तर कोरोना माहामारीका कारण यस वर्ष भने बजार निकै सुनसान देखिएको छ । यस्तो चाडवाडको सिजनमा व्यापारीहरु सन्तुष्ट देखिदैनन् । चाडपर्वहरु नजिकिएसँगै लकडाउन र निशेधाज्ञाले दिएको घाटालाई भुल्दै व्यापार हुन्छ कि भन्ने आशमा व्यवसायमा फर्किएका व्यापारीहरु निराश बनेका छन् ।
माहामारीले आर्थिक, सामाजिक, राजनैतिक, सास्कृतिक हरेक क्षेत्रमा नकारात्मक असर पारेको छ कोरोनाको चपेटामा परेका कारण मुलुकका सबै क्षेत्र प्रभावित बनेको छ । यस्तो बेला त्रशित बातावरणकोे कारणले चाहेर पनि कसैले काम गर्न सकिरहेका छैनन् । लकडाउन खुलेपछि जनजीवन सामान्य बनाउँन र पुरानै लयमा फर्काउने प्रयास गरिएको भएतापनि संक्रमण दिन दुई गुणा रात चार गुणा फैलदा कोरोनाको त्रास झनै बढेको छ । लकडाउन खुलेपनि समुदायमा संक्रमण दिनानुदिन बढ्दै जाँदा सर्वसाधारण घरबाहिर खुलेर हिडडुल गर्न नखोज्दा व्यापार हुन नसकेको व्यवसायीहरु बताउँछन् । यता, लामो समयको लकडाउन र संक्रमणको त्रासकै बीच लामो तथा छोटो दुरीका सार्वजनिक यातायात सञ्चालनमा आएपनि मुख्य सिजनमा नै सर्वसाधारणको आवत जावत छैन जसका कारण विगतका वर्षहरुमा दशैमा अग्रिम टिकट बुकिङ हुने गरेकोमा यस पटक टिकट बुकिङ पनि हटाइयो । यसरी लामो समयको लकडाउनबाट कष्ट खेपेका व्यवसायीहरु चाडबाडको समयमा पनि व्यापार नहुँदा चिन्तित बनेका छन् ।