बैंकिङ खबर । आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९४ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार बढेर ९४ हजार ९०० रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुन तोलामा ९४ हजार ४०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । शु्क्रबार तोलामा १२ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार पनि २ सय रुपैयाँ नै कायम भएको हो।