Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राजस्व संकलनमा ध्यान दिन अर्थमन्त्रीको जोड

२०७७ आश्विन २९ गते

बैंकिङ खबर । नव नियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षका लागि तोकिएको राजस्व संकलनको लक्ष्य हासिल गर्ने गरी काम गर्न निर्देशन दिएका छन्। नेकपाका महासचिव विष्णु पौडेल यो सहित दोस्रो पटक अर्थमन्त्रीमा नियुक्त भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै पौडेललाई दोस्रो पटक अर्थ मन्त्रालयको जिम्मेवारी दिएपछि आज राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथ लिएपश्चात पौडेलले पदभार सम्हाल्दै राजस्व संकलनको लक्ष्य एवम् वैदेशिक सहायता परिचालनको लक्ष्य हासिल गर्न भन्दै लक्ष्यअनुसार काम गर्न निर्देशन दिएका हुन्। कारोनाले थलिएको अर्थतन्त्रमा गम्भीर असर पारेका बेला पौडेलका लागि आगामी कार्यकाल सहज छैन उनीमाथि कोरोना पछि निजी क्षेत्रको मनोबल उकास्ने, राजस्व असुलीमा लक्ष्य भेटाउने, वित्तीय अनुशासन कायम गर्ने, कोरोना पीडितलाई राहत प्रदान गर्नु मुख्य चुनौती देखिएको छ ।

Ad