
बैंकिङ खबर । विश्व बैंकसँग ऋण लिने निर्णयमा नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पहिलो हस्ताक्षर गरेका छन् । आज राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथ लिएपश्चात पौडेलले अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै पहिलो हस्ताक्षर गरेका हुन् । उनले उक्त रकम कोरोना भाइरस नियन्त्रणमा खर्च गर्ने बताएका छन् । पौडेलले यस अघि पनि २०७२ मा १० महिना अर्थ मन्त्रालको नेतृत्व गरिसकेका छन्।