Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

प्रभु लाइफ इन्स्योरेन्सको ‘आईपीओ’ भर्ने सोचमा हुनुहुन्छ ? यस्तो छ कम्पनीको वित्तीय अवस्था

२०७७ आश्विन २७ गते

 

बैंकिङ खबर । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी साधारण सेयर ‘आईपीओ’ निष्कासन गर्ने तयारीमा छ ।कम्पनीले ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । हालसम्ममा कम्पनीले ९९ ओटा शाखा कार्यालयहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।कम्पनीले गत आवको चौथो त्रैमासमा ४ करोड ४४ लाख नाफा कमाएको थियो । यो नाफा अघिल्लो आवको तुलनामा १६ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा कम्पनीले ३ करोड ८१ लाख नाफा कमाएको थियो । गत आवको चौथो त्रैमाससम्मा कम्पनीले जगेडा कोषमा रू. १४ करोड ८९ लाख छुट्याएको छ भने जीवन बीमा कोषमा रू. १ अर्ब ४ करोडभन्दा बढी जम्मा गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । ६० लाख कित्ता आईपीओ बाँडफाँट पछि कम्पनीको पूँजी रू. २ अर्ब पुग्नेछ । धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि उक्त कम्पनीले आईपीओ निष्कासन गर्नेछ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू.१ अर्ब १९ करोड बीमाशुल्क आर्जन गरेको छ भने कम्पनीको कुल कायम रहेको बीमालेख सँख्या ६७ हजार ९२ रहेको छ । 

Ad