
बैकिङ खबर । साताको पहिलो दिन आइतबार छापावाल सुन ९४ हजार ५०० मा यस्तै तेजाबी सुनको मूल्य ९४ हजार कायम गरिएको थियो ।
सोमबार सुन ४ सयले घट्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार सोमबार छापावाल सुन ९४ हजार १०० मा र तेजाबी सुन ९३ हजार ६ सय कायम भएको थियो ।
साताको पहिलो दिन प्रतितोला २ सय रुपैयाँले बढेको सुन सोमबार ४ सयले घट्दा मंगलबार एकै दिन ८ सयले बढ्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार मंगलबार छापावाल सुन ९४ हजार ९०० मा र तेजाबी सुन ९४ हजार ४ सय कायम भयो ।
मंगलबार ८ सयले बढेको सुन बुधबार सुन ८ सयले नै घट्यो । महासंघका अनुसार बुधबार छापावाल सुन ९४ हजार १०० मा र तेजाबी सुन ९३ हजार ६ सय कायम भयो ।
विहिबार सुन प्रतितोला ९३ हजार ९०० कायम भयो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुन ९३ हजार ९०० र तेजाबी सुन ९३ हजार ४ सय कायम भयो ।
यस्तै, शुक्रबार छापावाल सुन ९४ हजार ८०० र तेजाबी सुन ९४ हजार ३ सय कायम भयो ।