Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

एक सातामा वित्त कम्पनीका शेयरधनीले कमाए आकर्षक मुनाफा

२०७७ आश्विन २४ गते

सबैभन्दा बढी नेपाल फाइनान्सको शेयर मूल्य रू. ६० बढ्यो

एक सातामा वित्त कम्पनीहरुका शेयरधनीले आकर्षक मुनाफा कमाएका छन् ।

हाल नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा कारोबारमा आएका वित्त कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएसँगै शेयरधनीहरुले आर्कषक मुनाफा कमाएका हुन् । सबैभन्दा बढी नेपाल फाइनान्स कम्पनीका शेयरधनीले नाफा कमाएका छन् । एक हप्तामा कम्पनीको शेयर मूल्य रू.६० ले वृद्धि भएको हो । 

अघिल्लो साता असोज १५ गते उक्त कम्पनीको शेयर मूल्य रू. २४० रहेकोमा असोज २२ गते रू. ३०० पुगेको छ । उक्त कम्पनीले १२५ प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति पाएसँगै शेयर खरीदकर्ता बढेका हुन् ।

त्यसैगरी दोस्रोमा प्रागे्रशिभ फाइनान्स र समृद्धि फाइनान्सको शेयर मूल्यमा वृद्धि भएको छ । कम्पनीहरुको शेयर मूल्य बढेसँगै वित्त समुहको परिसुचक बिहीवार ३ दशमलव ९१ प्रतिशत वृद्धि भएको थियो । 

पछिल्लो समयमा लगानीकर्ताहरुले सेक्टरवाइज(विविधिकरण) लगानी गरेको पाइएको छ । केही समय अगाडि जलविद्युत् कम्पनीको शेयर मूल्य यसरी नै वृद्धि भएको थियो । 

अहिले त्यताबाट प्रोेफिट बुक गरेर उनीहरुले लगानीको सेक्टर परिवर्तन गरेका छन् । बढेको बजारमा कम शेयर मूल्य भएका कम्पनीमा लगानी गरेमा छोटो समयमा नै मुनाफा आर्जन गर्न सकिने भएकाले यसतर्फ  उनीहरुको आकर्षण बढेको हो । 

उक्त समयमा एक लगानीकर्ताले अल्पकालिन रुपमा कम शेयर मूल्य भएको कम्पनीमा लगानी गरेर एक हप्तामानै सोचेभन्दा बढी मुनाफा कमाएको बताए । उनका अनुसार अहिलेको बजारमा दिर्घकालिन लगानीबाट भन्दा अल्पकालिन लगानीबाट राम्रो मुनाफा कमाइ भएको छ । 

कतिपय अवश्थामा भने  दिर्घकालिन लगानीबाट पनि राम्रो मुनाफा आर्जन गर्न सकिन्छ । शेयर खरीद गर्नुभन्दा अगाडि कम्पनीको वित्तीय अवस्था राम्रोसँग बुझेर लगानी गरेमा दिर्घकालीन लगानीबाट पनि मुनाफा आर्जन गर्न सकिन्छ ।  

कतिपय कम्पनीहरुको शेयर मूल्य बजारमा मर्जरको हल्ला चलेपछि अप्रत्यासित रुपमा बढेको पाइन्छ ।  यसरी एक समुहले बजारमा हल्ला चलाएर शेयर मूल्य अकासिंदा यस्तो अवस्थामा सोझा लगानीकर्ताहरु फस्ने पनि गरेका छन् ।

यस्तो सूचना चुहावट गर्ने वा हुँदै नभएको सूचना प्रवाह गर्नेलाई नियामक निकाय नेपाल धितोपत्र बोर्डले कारबाही गर्नुपर्ने भनाइ लगानीकर्ताहरुको छ ।
हाल नेप्सेमा २७ ओटा वित्त कम्पनीहरु सूचीकृत रहेका छन् ।

मर्जर तथा समस्याग्रस्त रहेका बाहेक १५ ओटा कम्पनीको एक हप्ताको शेयर मूल्यको फरक तलको तालिमा उल्लेख गरिएको छ । 


स्रोत : नेपाल स्टक एक्सचेञ्ज

आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।

Ad