Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

माछापुच्छ्रे बैंक र होटल मुनलाईट बीच सम्झौता

२०७७ आश्विन २२ गते

बैंकिङ खबर । माछापुच्छ्रे बैंक र होटल होटल मुनलाईट बीच सम्झौता भएको छ । माछापुच्छ्रे बैंक ग्राहकहरूले होटल अकामा खाना र पेय पदार्थमा १५ प्रतिशत छुट दिने गरि सो सम्झौता भएको हो ।
बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/के्रडिट कार्ड तथा क्युआर कोड प्रयोग गरी बिल भुक्तानी गर्दा प्राप्त गर्न सक्नेछन । नगद कारोबारबाट हुने जोखिम कम गर्न, डिजिटल कारोबारलाई प्राथमिकता दिन तथा ग्राहक महानुभावहरुलाई सहुलियत प्रदान गर्नको लागि बैंकले बिभिन्न संघ संस्था तथा व्यापारिक प्रतिष्ठान संग सम्झौता गर्दै आएको बैंकले जानकारी दिएको छ । बैंकले हाल १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १हजार भन्दा बढी पिओएस बाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

Ad