बैंकिङ खबर । डेपुटी गभर्नर शिवराज श्रेष्ठ कोरोना संक्रमणमुक्त भएका छन् । उनले सामाजिक सञ्जाल मार्फत आफु संक्रमणमुक्त भएको जानकारी दिएका हुन् । केही हप्ताअघि श्रेष्ठसहित राष्ट्र बैंकका ५ जना उच्च अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनी केही दिनको होम आइशोलेशन बसाईको उपचारपछि कोरोना जित्न सफल भएका हुन् ।