
बैंकिङ खबर । सिन्धुलीमा कोरोना संक्रमण देखिएपछि बैंक सेवा बन्द भएको छ । जिल्लामा एकै दिन २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेहरु अधिकांश फ्रन्टलाईनमा रहेर काम गर्नेहरु देखिएका छन् । यसरी फ्रन्ट लाईनमा काम गर्नेहरुमा संक्रमण देखिएपछि जिल्लाका सिद्धार्थ बैंक, मेगा बैंक, एन आइ सी एशिया बैंकको सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ ।