‘कोभिड १९’ले विश्वजगतलाई प्रभावित पारेको छ । जसमा नेपाल समेत अछुतो रहेन । करिब ६ महिना लामो अवधिसम्म लकडाउन गर्दा समेत नेपालमा कोरोना नियन्त्रण हुन सकेको छैन । दिनानुदिन सक्रमणको संख्या थपिंदै गइरहेको अवस्था छ । कोरोृनाबाट बैंकिङ क्षेत्रका व्यक्तिहरु प्नि धेरै नै संक्रमित भइरहेका छन् । बैंक वित्त तथा पैसा र पैसाबाट कोरोना संक्रमण सर्ने जिज्ञासालाई मध्यनजर गर्दै बैंकिङ खबरबाट हामीले बैंकिङ विज्ञ एवं इन्जिनियरसमेत रहेका राम बाडेसँग कुराकानी गरेका छौं ।
अहिलेको नेपालको वित्तीय अवस्थाई कसरी विश्लेषण गर्नुहुन्छ ?
अहिलेको अवस्थामा नेपालको वित्तीय क्षेत्रलाई सरकारको नीतिले प्रभाव पारेको देखिन्छ । लामो समयसम्मको लकडाउन र माहामारीले गर्दा आर्थिक गतिविधि स्वतस्फूर्त रुपमा संचालन गर्न नसकिएकोले सिंगो अर्थतन्त्र तथा वित्तीय अवस्था नाजुक छ ।
पैसाबाट कोरोना सर्ने व्याख्याहरु भइरहेका छन् । बास्तविकता के हो ?
अहिलेको अवस्थामा पैसाबाट पनि कोरोना सर्ने कुरा आम जनमानसलाई अवगत भएको कुरा हो । आम जनमानसको सम्पूर्ण आवश्यकता परिपूर्तिका लागि दैनिकी पैसाको लेनदेन गर्नुपर्ने भएकाले अहिलेको अवस्थामा कोरोना सार्नेमा पैसा पनि एक हो ।
पैसाबाट कोरोना मात्र नभएर अन्य ३ हजार भन्दा बढि रोगको व्याक्टे«रीया भाइरस समेत सर्ने गरेको छ । यसबाट विभिन्न प्राणघातक रोगको व्याक्टे«रीया भाइरस सर्ने गरेको अनुसन्धानबाट समेत पुष्टि भइसकेको छ । अहिलेको समयमा सकभर कम पैसाको प्रयोग गर्नु नै उपयुक्त देखिन्छ ।
सरकारले सबैभन्दा पहिले त कोरोना नियन्त्रको लागि भनेर चैत १२ गतेबाट लकडाउन सुरु गरेको अवस्था थियो । त्यसका अलवा पैसाबाट कोरोना सर्न नदिन अर्थमन्त्रालयको बैठकको निर्णयले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा समिति, सहकारी विभाग, रजिष्ट्रार, कम्पनी रजिष्ट्रार कार्यालय र बैंकर्स एशोसियसन लाई निर्णय पठाएको थियो । जुन निर्णयमा बैंकको काउन्टरमा जम्मा हुन आउने र काउन्टरबाट वितरण गरिने नोटलाई संक्रमण रहित ‘डिसइन्फेक्सन’ गरेर मात्र प्रयोगमा ल्याउन नेपाल राष्ट्र बैंकले सबै बैंक वित्तलाई निर्देशन दिएको थियो । यसै सन्र्दभमा नेपाल राष्ट्र बैंकले नोट प्रयोग गर्नु पहिले बैंकहरुले पालना गर्नुपर्ने पालना भन्दै नौं बुँदाको निर्देशन समेत जारी गरेको थियो ।
राष्ट्र बैंकको निर्देशन बैंक वित्तले कत्तिको पालना गरेको पाउनुहुन्छ ?
राष्ट्र बैंकले जारी गरेको निर्देशन बैंकहरुले पालना गरेको पाइदैन । कत्तिपय बैंकहरुले पैसा ‘डिसइन्फेक्सन’ गर्ने मेसिन प्रयोेग गरेको भन्दै सस्तो प्रचार समेत गरेको देखिन्छ । बास्तबमा केहि बैंकहरुले प्रयोग गरेको पैसा ‘डिसइन्फेक्सन’ गर्ने मेसिन २० औं वर्ष पुरानो विधि हो । गत फागुनमा छिमेकी मुलुक चीनले ८४ हजार करोड पैसा नष्ट गर्याे । हामी कहाँ अहिले पैसा ‘डिसइन्फेक्सन’ गर्ने मेसिन भनेर प्रचार भइरहेको छन् । यो प्रविधि चीनले धेरै पहिले प्रयोग गरिसकेको अवस्था छ । यदि यस्तो मेसिनले पैसा ‘डिसइन्फेक्सन’ हुने हो भने चीनले किन पैसा नष्ट गर्नु पथ्यो ? त्यसैले हामी कहाँ नीति निर्देशन बन्दछन् तर कार्यान्वयन अनुगमन पक्ष पुरै फितलो छ ।
‘डिसइन्फेक्सन’ विधि किन प्रभावकारी रुपमा कार्यान्वयन नभएको होला ?
सबैभन्दा पहिले हामीले पैसामा के के जीवाणु छन्, कुन कुन रोगको जीवाणु पैसामा देखिन्छ त्यसको अध्यन गर्नु अति नै आवश्यक छ ।
यतिबेला विश्वको अध्यन अनुसन्धानलाई हेर्दा ३ हजार बढि व्याक्टेरीया पैसाबाट सर्ने गरेको पाइएको छ । हामीले कस्तो पैसामा कस्तो किसिमको जिवाणु सार्ने गरेको छ त्यसको अध्यन गर्नु अति नै आवश्यक छ । हामीले पैसालाई दैनिक प्रयोग गर्दा थुक लगायर गन्ने, र पैसा सँगको कन्ट्याक्ट पछि नाक मुख समेत छुने गरिरहेका हुन्छौ । जसले गर्दा विभिन्न रोग सरिरहेको हुन्छ ।
पैसा ‘डिसइन्फेक्सन’ गर्ने कस्ता किसिमका अन्तर्राष्ट्रिय प्रविधि छन् ?
अहिलेको अवस्थामा पैसा ‘डिसइन्फेक्सन’ गर्ने विभिन्न प्रविधि छन् । आज भन्दा ५० बर्ष पुरानो जर्मिसाइड विधि छ । जर्मिसाइड विधिमा विषादी प्रयाग गर्न सक्छौं । तर विषादी प्रयोग गर्दा मानव जातिमा केहि असर गर्ने देखिन्छ । अर्काे भनेको युवि विधि हो । यस विधिबाट पनि पैसा ‘डिसइन्फेक्सन’ गर्न सकिन्छ । युवि विधिमा चाँहि युविरे टेक्नोलोजी प्रयोग हुन्छ । पीविसि क्याटगोरीको प्रयोग हुन्छ ।
जसमा जर्मिसाइड जम्सहरुलाई मार्न सकिन्छ । यो फ्रिक्वेन्सी १०० मिटरदेखि २ सय ८० डिग्री न्यानोमिटर सम्मको फ्रिक्वेन्सी हो । यो प्रविधि सरफेसमा मात्र प्रयोग गर्न सकिन्छ । सरफेसमा गर्दा करिब ४ देखि १५ मिनेट लाईट देखाउनु पर्छ अनि मात्र जिवाणु तथा व्याक्टेरिया मार्न सकिन्छ । यसैगरी ओजन टेक्नोलोजीबाट पनि पैसालाई डिसइन्फेक्सन गर्न सकिन्छ । यसमा ‘ओ थ्रि’ ओजनलाई अक्सिटाईज प्रविधिबाट कुनै पनि भारसलाइ ३० सेकेन्डमा डिसइन्फेक्सन गर्न सकिन्छ । तर यस प्रविधिबाट पैसालाई डिसइन्फेक्सन गर्दा पैसाको कलर जाने सम्भावना बढि हुन्छ ।
यस्तै, प्लाजमा कलस्टर टेक्नोलोजीको बारेमा लामो समय अध्ययन भएको छ । प्लाज्मा कलस्टर टेक्नोलोजीले ३० सेकेन्डमै कुनै पनि चिजलाई ९९.९ प्रतिशत डिसइन्फेक्सन गर्न सक्छ । प्लाज्मा कलस्टर टेक्नोलोजीको अन्तराष्ट्रिय रुपमा प्रयोग भइरहेको अवस्था छ । यो अहिलेको लेटेस्ट प्रविधि पनि हो । यसले पैसालाई मात्र नभई हावा स्टेलाइज गर्न सकिन्छ । यसले पैसा लगायत अन्य विभिन्न व्याक्टेरीया मार्ने गर्दछ । यस विधिको प्रयोगले मानवमा कुनै किसिमको असर समेत नपर्ने गरेको विभिन्न अध्यनले देखाएको छ । यस प्रविधिले कोरोना मात्र नभएर अन्य कयौं रोगका व्याक्टेरिया भाइरस नष्ट गर्ने गर्दछ । त्यसैले विश्वले नै अहिले प्लाज्मा कलस्टर टेक्नोलोजीको प्रयोग गरिरहेको छन् । प्लाजमा कलस्टर टेक्नोलोजीको प्रयोगले आम जनमानसको स्वास्थ्यमा कुनै किसिमको नकारात्मक असर नगर्ने भएकाले पैसा डिसइन्फेक्सन गर्न यो प्रविधि निकै महत्वपूर्ण छ ।
कोरोना रोकथामको लागि के लकडाउन नै उपयुक्त हो ?
कोरोना रोकथामको लागि अब लकडाउन उपयुक्त होइन । किनभने हाम्रो अगाडि विना लकडाउन पनि कोरोना नियन्त्रण गर्ने कयौं अन्तर्राष्ट्रिय अभ्यास छन् । अबको विकल्प लकडाउन होइन । नेपाल जस्तो अर्धविकसित देशमा करिब ६ महिना लामो लकडाउन भयो । यस्तो अवस्थामा नेपालको अर्थतन्त्र संकुचन भएको अवस्था छ । विभिन्न उद्योग धन्दा बन्द भएका छन् । अब पनि फेरी लकडाउन भयो भने मुलुक संकटमा तिर जान्छ यसर्थ प्रविधिको युगमा अब प्रविधिको नै प्रयोग गर्ने अवस्था आएको छ ।