
बैंकिङ खबर । केन्द्रीय बैंकले आज २० अर्ब १० करोडको ट्रेजरी बिल बोलकबोल गर्दैछ ।
केन्द्रीय बैंकले सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बोलकबोल हुनेछ ।
बैंकले ९१ दिने अवधिको लागि १० करोड र एक सय ८२ दिने अवधिको २० अर्ब रुपैयाँ गरी २० अर्ब १० करोड रुपैँयाको बिल जारी गर्न लागेको हो ।
जसमध्ये ९१ दिने अवधिको बिल २०७७ पुस २१ गते र एक सय ८२ दिने ट्रेजरी २०७७ चैत्र १४ गते परिपक्व हुने अवधि तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
