Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोना संक्रमणको उच्च जोखिममा बैंक/वित्त

२०७७ आश्विन १८ गते

बैंकिङ खबर । पछिल्लो समय बैंकिङ क्षेत्रका कर्मचारी कोरोना जोखिममा पर्न थालेका छन् । बैंक वित्तहरुमा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण बढ्दै गएको छ । अधिकाँस बैंक वित्तका कर्मचारीमा कोरोना संक्रमणले छोएको छ । कसैको शाखामा त कसैको मुख्य कार्यालयमै काम गर्ने कर्मचारीमाथि कोरोना संक्रमण देखिएको हो ।

विभिन्न बैंकका कर्मचारीहरुमा कोरोना संक्रमण देखा पर्न थालेपछि बैंकमा कार्यरत कर्मचारीहरुको कोरोना परिक्षण बढाइएको छ । बिराटनगर, नेपालगञ्ज, विरगंज जस्ता बोर्डर क्षेत्रमा रहेका बैंकहरु कोरोनाको उच्च जोखिमा रहेको देखिएकोमा पछिल्लो समय भने काठमाडौंमै संक्रमीतहरु बढेका छन् । कोरोना संक्रमण बढ्दै गएपछि बैंकहरुले क्यास काउन्टरको संख्या घटाएका छन् भने सेवा अवधि पनि कम गरेका छन् । पछिल्लो समय कोरोना संक्रमण बढेपछि बैंकिङ क्षेत्रले भेटघाटमा कडाई गर्नुका साथै प्रविधिकै प्रयोगमा जोड दिएका छन् । बैंकका काउन्टरहरुमा सकेसम्म भिड नगर्न राष्ट्र बैंकले अनुरोध गर्दै आएको छ ।

कोरोना संक्रमण बढेसँगै बैंकवित्तमा सन्त्रास थपिएको छ । कोरोना परिक्षण रिपोर्टमा विभिन्न बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकवित्तको फ्रन्टलाइनमा काम गर्नेहरुमा सन्त्रास थपीएको हो । काठमाडौंमा रहेका बैंकहरुमा समेत धेरै संख्यामा कोरोना संक्रमण देखिएको छ । बिभिन्न बैंकहरुले यसबारेमा आधिकारीक जानकारी र सूचनाहरु बटुल्ने काम गरीरहेको जनाइएको छ ।

यस्तै नेपाल राष्ट्र बैंकले बैंकहरुलाई ‘घरबाट गर्न मिल्ने काम घरमै बसेर गर्न निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई घरैबाट काम गर्न एवं अत्यावश्यक पर्ने शाखाहरु न्युनतम् कर्मचारीहरु परिचालन गरेर सञ्चालन गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । राष्ट्र बैंकले सम्पूर्ण बैंकवित्तहरुलाई निर्देशन जारी गर्दै जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सेवा संचालनको लागि कर्मचारीलाई आलो पालो उपस्थित भई काम गर्ने व्यवस्था मिलाउन भनेको छ । कोरोना संक्रमण बढ्दै गएका बेला बैंकहरुले आलोपालो रुपमा कर्मचारी परिचालन गरेका छन् ।

Ad