बैंकिङ खबर । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन मूल्य तोलाको २ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलाको ९४ हजार ३ सय कायम भएको थियो ।
यस्तै तेजाबी सुनको भाउ शुक्रबार तोलाको ९३ हजार ८ सय रहेकोमा आज तोलाको ९४ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यसैगरी आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर तोलाको ११ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।