Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकद्धारा १ अर्ब ७८ करोड लगानी गर्न बैंक वित्तलाई आह्वान

२०७७ आश्विन १४ गते

बैंकिङ खबर ।  नेपाल राष्ट्र बैंकले पेन्सन तथा उपदान कोषमा रहेको कुल १ अर्ब ७८ करोड रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले २४० दिने मुद्दती निक्षेपमा बैंक तथा वित्तिय संस्थामा लगानी गर्न लागेको हो । यसका लागि केन्द्रिय बैंकले क वर्गका बाणिज्य बैंकमा १ अर्ब ४२ करोड ४० लाख रुपैयाँ, ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा २६ करोड ७० लाख रुपैयाँ र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा ८ करोड ९० लाख रुपैयाँ लगानी गर्ने भएकोले इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको लगानी रकम उल्लेख गरी आवेदन दिन सक्नेछन् ।

शर्तहरु:
बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा दुई वर्ष पुरा गरेको ।
बैंकबाट तोकिएको न्यूनतम पुँजिकोष कायम रहेको ।
निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको ।
खुद तरल सम्पति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको ।
आवेदन दिन लिन चाहेको रकम र दिन चाहेको ब्याज उल्लेख गरी सिलबन्दी प्रस्ताव फारम बुझाउनु पर्नेछ । असोज १८ दिनको ४ बजेभित्र प्रस्ताव फारम केन्द्रिय बैंकमा बुझाउँनु पर्नेछ ।
यस लगानीमा सहभागी हुन विभिन्न ११ वटा शर्त भने बैंक तथा वित्तिय संस्थाले पुरा गर्नुपर्नेछ ।
रियल स्टेट कर्जा बैंकबाट तोकिएको तोकिएको सीमा भन्दा बढी नभएको । इत्यादि ।

Ad