Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

महामारीका कारण नेपालका दुई चर्चित होटल सदाका लागि बन्द

२०७७ आश्विन १४ गते

बैंकिङ खबर । कोरोना माहामारी र लकडाउनबाट सिर्जित विषम परीस्थितिमा हरेक व्यवसायीले थुप्रै उतारचढावको सामना गर्नुपर्यो । केही यस माहामारीमा पनि बामे सर्ने कोसीसमा छन् भने केहीले आफ्नो अस्तित्व नै गुमाउन पुगेका छन् । साना ठुला गरी थुप्रै व्यवसाय यस माहामारीबाट पलायन भए यहाँ वर्षौदेखि नाम चलेका प्रख्यात व्यवसायले पनि माहामारीको अगाडि घुणा टेक्न बाध्य भए ।
यसैको एउटा उदाहरण बन्यो बर्षौ देखि सञ्चालित विराटनगरको नाम चलेको होेल जेनियल । बिगत २२ वर्षदेखि सेवा दिदै आएको यस होटलले यही असार ११ गतेदेखि सबै सेवा बन्द गरेको घोषणा गर्यो । ग्राहक नआउदा पनि खर्च भने नरोकिदा उनीहरु पलायनको अवस्थामा पुगेका हुन् । यसरी होेल जेनियल बन्द भएको तीन महिना बित्न नपाउदै ४० वर्षदेखि सञ्चालनमा रहेको विराटनगरको सुविधासम्पन्न नमस्कार होटल पनि मंगलबारदेखि बन्द भएको छ । १० कठ्ठा जमिनमा निर्माण भएको होटल लकडाउनबाट सिर्जित समस्यामा खर्च धान्न नसकेपछि बन्द गर्ने कठोर निर्णमा पुगेका हुन् । नाम चलेका यी होटल लगायत अन्य थुप्रै व्यवसायहरु यस विषम अवस्थामा सेवा र आय प्रभावित हुदा विलयको अवस्थामा पुगेका छन् ।

 

 

Ad