बैंकिङ खबर । मंगलबार सुन तथा चाँदीको भाउमा वृद्धि भएको छ । आज सुन तोलामा ९ सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य पनि मंगलबार उकालो लागेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ७५ रुपैयाँ कायम भएको हो।