Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सिद्धार्थ बैंकका कर्मचारीहरुका लागि कृषि वित्त तालिम

२०७७ आश्विन १२ गते

बैंकिङ खबर । डेभ्लपमेन्ट एलायन्स नेपालले कृषि वित्त तालिम सम्पन्न गरेको छ । यही आश्विन ९ र १० गतेसम्म अनलाइन विधिबाट संचालित उक्त तालिम कार्यक्रममा देशका विभिन्न शाखाहरुमा कार्यरत २५ जाना कर्मचारीहरुको सहभागिता रहेको थियो ।
उत्त तालिम कार्यक्रममा कुखुरा पालन, पशु पालन, मत्स्यपालन, तरकारी एवं फलफूल खेती जस्ता ब्यवसायलाई लक्षित गरी सम्बन्धित विषयका विशेषज्ञहरुले प्राविधिक तथा वित्तीय पक्षका साथै कर्जा विश्लेण सम्बन्धमा प्रशिक्षण दिएका थिए । यसका साथै नेपालमा कृषि ब्यवसायका चुनौति, कृषि कर्जा लगानी गर्दाका संभावित जोखिम, कृषि कर्जा विश्लेषण गर्दा ध्यान दिनु पर्ने पक्षका बारेमा समेत सहभागीहरुलाई जानकारी गराइएको थियो ।
अनलाइन विधिबाटै समापन गरिएकोे तालीम कार्यक्रमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले नेपाल सरकारको नीति ब्यावसायिक कृषिलाई अगाडि बढाउने रहको र यस कार्यमा कर्जा विस्तार गरी सहयोग पु¥याउन नेपाल राष्ट्र बैंकले समेत बैंक तथा वित्तीय संस्थाहबाट ठूलो अपेक्षा गरिरहेको अवस्थामा यस किसिमको तालिमले निश्चय पनि कर्मचारीहरुमा कृषि कर्जा विश्लेषणमा दक्षता अभिबृद्धि भई गुणस्तरीय कर्जा प्रवाहमा सघाउ पुग्ने विश्वास ब्यक्त गर्नु भयो । कार्यक्रममा माइक्रो बैंकिङ्ग प्रमुख केशव खातीले तालिम बैंकको अपेक्षा अनुरुप प्रभावकारी रहेको र तालिममा सहभागी कर्मचारीहरुलाई सिकेको सीप सदुपयोग गर्दै वास्तविक कृषको पहिचान गरी कृषि कर्जा विस्तारमा जुट्न आग्रह गर्नुभयो ।
कृषि वित्त विज्ञ बिजयराज पोखरेलले संयोजन गर्नु भएको उक्त दूई दिने तालिमको समापन गर्दै डेभ्लपमेन्ट एलायन्स नेपालका अध्यक्ष तोयानाथ पाण्डेयले एलायन्स कृषि विकास बंैकबाट अवकास प्राप्त कर्मचारीहरुद्वारा प्रवर्धित संस्था रहेको र कृषि विकास बैंकमा रहँदा सिकेको सीपको सदुपयोग गर्न पाएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा बैंक तथा वित्तीय संस्थाहरुसंग हातेमालो गर्दै कृषि वित्त क्षेत्रमा थप सहकार्य गरी अगाडि बढ्ने दृढता ब्यक्त गर्नु भयो ।

 

Ad