बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले देशको बर्तमान आर्थिक रिपोर्ट सार्बजनिक गरेको छ । जसमा नयाँ आबको पहिलो महिना साउनमा रेमिट्यान्स २३ प्रतिशतले बढेको छ । देशको वर्तमान आर्थिक स्थिति प्रतिवेदनमा उल्लेख भए अनुसार ०७६ साउनको भन्दा ०७७ साउनमा नेपाल भित्रिने रेमिट्यान्स २३ प्रतिशतले बढेर ९२ अर्ब ७१ करोड पुगेको छ ।
वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.४९ प्रतिशत छ ।
आयात १९.६ प्रतिशतले घटेको छ भने निर्यात ८.९ प्रतिशतले बढेको छ ।
विप्रेषण आप्रवाह २३.० प्रतिशतले बढेको छ ।
शोधनान्तर स्थिति रु.५१ अर्ब ४६ करोडले बचतमा छ ।
कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब २ करोड अमेरिकी डलर रहेको छ ।
संघीय सरकारको खर्च रु.१ अर्ब ९५ करोड र राजस्व परिचालन रु.५८ अर्ब ८१ करोड छ ।
विस्तृत मुद्राप्रदाय ०.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १८.९ प्रतिशतले बढेको
छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र निजी क्षेत्रतर्फको कर्जा प्रवाह विस्तार हुन सकेको छैन वार्षिक विन्दुगत
आधारमा भनेनिक्षेपको वृद्धिदर १९.० प्रतिशत र निजीक्षेत्र माथिको दावीको वृद्धिदर ११.३ प्रतिशत छ ।
रेमिट्यान्स बढ्यो
नयाँ आबको पहिलो महिना साउनमा रेमिट्यान्स २३ प्रतिशतले बढेको छ । देशको वर्तमान आर्थिक स्थिति प्रतिवेदनमा उल्लेख भए अनुसार ०७६ साउनको भन्दा ०७७ साउनमा नेपाल भित्रिने रेमिट्यान्स २३ प्रतिशतले बढेर ९२ अर्ब ७१ करोड पुगेको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३.० प्रतिशतले वृद्धि भई रु.९२ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको थियो ।
रेमिट्यान्स बढ्दा अर्थतन्त्रमा सकारात्मक आशा जागेको छ । देशभित्रै उत्पादन र उद्योगको नीति नहुँदा नेपालीहरु विदेशीन बाध्य छन् । जसकारण देशको अर्थतन्त्र रेमिट्यान्समा भर पर्ने गरेको छ ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९.० प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८०.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २०.० प्रतिशतले वृद्धि भई रु.१०१ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.२ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा चालु खाता रु.२५ अर्ब ४१ करोडले बचतमा
समीक्षा अवधिमा चालु खाता रु.२५ अर्ब ४१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.९ अर्ब ३४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको पहिलो महिनामा ८ करोड ३८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २१ करोड २१ लाखले बचतमा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ६.७ प्रतिशतले वृद्धि भई रु.१ अर्ब १० करोड पुगेको छ भने प्रत्यक्ष वैदेशिक लगानी ३.३ प्रतिशतले घटी रु.१ अर्ब ३९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१ अर्ब ३ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.१ अर्ब ४४ करोड रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.५१ अर्ब ४६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.६ अर्ब ५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो महिनामा ५ करोड ४२ लाखले बचतमा रहेकोमा समीक्षा अवधिमा ४२ करोड ९४ लाखले बचतमा रहेको छ ।
शोधनान्तर स्थिति रु. ५१ अर्ब ४६ करोडले बचतमा
नेपाल राष्ट्र बैंकको रिपोर्ट अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति रु. ५१ अर्ब ४६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु ६ अर्ब ५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो महिनामा ५ करोड ४२ लाखले बचतमा रहेकोमा समीक्षा अवधिमा ४२ करोड ९४ लाखले बचतमा रहेको छ ।
निर्यात–आयात मूल्य सूचकाङ्क
वार्षिक विन्दुगत आधारमा २०७७ साउन महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क ०.५ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ३.८ प्रतिशतले घटेको छ । २०७६ साउन महिनामा ३.१ प्रतिशतले बढेको व्यापारको शर्त (Terms of Trade) २०७७ साउन महिनामा ४.४ प्रतिशतले बढेको छ ।