Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

क्यासवे मनी ट्रान्स्फर नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध

२०७७ आश्विन ८ गते

बैंकिङ खबर ।  क्यासवे मनी ट्रान्स्फर प्रा.लि.ले नेशनल पेमेन्ट्स इन्टरफेस (NPI) को प्रयोग गरी रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ । यो व्यवस्था सँगै क्यासवे मनी ट्रान्स्फरका कम मुल्यका रेमिटेन्स भुक्तानी कारोबारहरु connectIPS e-Payment प्रणाली मार्फत रियल टाइममा र अन्य रेमिटेन्स भुक्तानी अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली NCHL-IPS मार्पmत तोकिएको समय सीमामा गर्न सक्नेछन् । हाल क्यासवे मनी ट्रान्स्फरले रेमिटेन्सको भुक्तानी मेगा बैंक लिमिटेड मार्फत गर्नेछ । यस साझेदारीले बैंक खातामा आधारित रेमिटेन्सको लागि क्यासवे मनी ट्रान्स्फरको सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

नेशनल पेमेन्ट्स इन्टरफेस (NPI) नेपाल क्लियरिङ्ग हाउसका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरी सञ्चालनमा रहेको छ । यसमा हाल ८ भन्दा बढि रेमिटेन्स कम्पनीहरु समावेश छन् भने अन्य ४१ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् । पिएसपी÷ पिएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतकायी सदस्यहरुले आफ्नो बैंक खातामार्फत् (NPI) को सेवा प्रयोग गर्ने गरेका छन् ।

क्यासवे मनी ट्रान्स्फर नेपाल भरी भरपर्दो रेमिटेन्स नेटवर्क मार्फत् रेमिटेन्स सुविधा दिँदै आएको मनी ट्रान्स्फर कम्पनी हो । नेपालका बैंकिङ्ग तथा रेमिटेन्स क्षेत्रका विज्ञहरुद्धारा स्थापना गरिएको यस मनी ट्रान्स्फरले विदेशमा रहेका नेपालीहरुलाई सस्तो र भरपर्दो रुपमा नेपालमा पैसा पठाउने सेवा प्रदान गर्दै आएको छ ।

Ad