बैंंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड १० औं बर्ष पूरा गरी ११ औं बर्षमा प्रवेश गरेको छ । यस अवसरमा संस्थाले नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नियमनकारी निकायहरु, संस्थापक तथा सर्वसाधारण लगानीकर्ता, समस्त सेवाग्राही वर्ग, कर्मचारी वर्ग, शुभचिन्तक एवम् सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक आभार प्रकट गरेको जनाएको छ । २०७७ भाद्र मसान्त सम्म ५५० जना कर्मचारीहरु कार्यरत रहेको उक्त संस्थामा १ लाख ६ हजार भन्दा बढि सदस्यहरु आवद्ध रही ४५ हजार सदस्यहरुले लघुकर्जा उपयोग गरेका छन् । संस्थाले बिभिन्न जिल्लामा ११६ शाखा कार्यालय मार्फत लघुवित्तीय कारोवार सञ्चालन गरी विपन्न वर्गका व्यक्तिहरुलाई सेवा दिईरहेको छ । विपन्न तथा सीमान्तकृत वर्गका जनताहरुको आय—आर्जन, स्वरोजगार, जीवीकोपार्जन र सामाजिक तथा आर्थिक रुपान्तरण गर्ने संस्थागत र व्यवसायिक लक्ष्य लिई विभिन्न शाखा कार्यालयहरु मार्फत तत् वर्गकोे आर्थिक अवस्थामा सुधार ल्याउन आर्थिक गतिविधिका साथै वित्तीय साक्षरता र सामाजिक विकासका विभिन्न कार्यक्रमहरु महत्वका साथ संचालन गर्दै आइरहेको छ ।
पछिल्लो समय मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले विर्तामोडमा केन्द्रीय कार्यालय रहेको नागबेलि लघुवित्तलाई प्रप्ती गरेको थियो । बनेपा, काभ्रेपलान्चोकमा केन्द्रीय कार्यालय स्थापना गरी देशव्यापी रुपमा शाखा सञ्जाल विस्तार गर्न सफल मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले १० औं बर्ष पूरा गरी ११ औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा बैंकिङ खबर हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।