अशोक टंडन / बिश्व कोरोना भाइरस (कोभीड १९) का कारण बिश्वले एकखालको संकट सामाना गरिरहेको छ। कोरोनाले आज बिश्वमा आम मानिसको जनजीवन प्रताडित बनाएको छ। कोरोना रोकथाम र नियन्त्रणका लागी केही समयअगाडि बिश्वका अधिकाश देश लकडाउन स्थितिमा पुगेका थिए तर आर्थिक चलाएमान हुन नसक्दा आम मानिसको जनजीवन कष्टकर हुँदै गएपछि अहिले सुरक्षाको उपाय अपनाउदै लकडाउन खुल्ला गरिएको छ जस्ले आर्थिक गतिविधि केही भएपनी चलाएमान हुने अबस्थामा पुगेको छ। नेपालमा पनि संक्रमितहरु फेला परेको कारण सुरुवाती चरणमा लकडाउन लगाइएको थियो। करिब छ महिना नेपाल पनि लकडाउनको अबस्थामा गुज्रिनु पर्यो। जस्का कारण कोरोना प्रभावले मानवीय क्षति भन्दा आर्थिक क्षति ठूलो मात्रामा हुन पुग्यो। प्रक्षेपणमा करिब ३ खर्बको आर्थिक नोक्सानी भएको तथ्यांक सार्वजनिक भएको छ। जुन हाम्रो जस्तो अल्पविकसित मुलुकको लागी अत्यन्त ठुलो क्षति हो। अहिले कोरोना संक्रमण वृद्धि हुँदै गएको छ तर देशले आर्थिकभार धान्न वा आम जनजीवन कष्टकर बनेपछि नेपाल सरकारले सुरक्षाका उपाय अपनाउदै लकडाउन खुल्ला गरेको छ। जस्ले त्रासका बिच पनि केही मात्रामा भएपनी आर्थिक गतिविधि चलाएमान हुने बुझिएको छ । यहि कठिन परिस्थितिमा बैंक तथा बितिय क्षेत्र असहजताको भुमरीमा रुमलिएको छ। एकातिर जनसम्पर्कबाट हुने काम भएकाले मानिस सङ्ग प्रत्यक्ष सम्पर्क बढाएर सेवा दिन असुविधा भएको छ भने अर्कोतिर बिश्वनै आर्थिक गतिविधि शुन्य प्रायः हुँदा उपभोगमात्र वृद्धि हुँदा निक्षेप संकलन न्यून वा सेवाग्राहीले जोखिम महसुसले गर्दा घरमै पैसा राख्ने तथा निक्षेप निकाल्ने प्रवृत्ति हाबी हुने जस्ता प्रवृत्ति जस्ले तरलता अभाव जस्ता समस्या झेल्नुपर्ने अवस्था सिर्जना हुने। अर्कोतिर लगानी गरिएको कर्जा उठान कम तथा थप लगानीको बाताबरण सिर्जना नहुदा बैक आम्दानी कम हुँदा कतिपय बैक तथा बितिय संस्थालाइ अप्रेसन खर्च धान्न पनि मुस्किल पर्ने अवस्था सिर्जना भयो। अज मौद्रिक निति मार्फत केन्द्रिय बैंकले कर्जा उठान समयसिमा बढाउनु ,ब्याज छुटको प्याकेज सेवाग्राहीलाई हितमा मध्यनजर गरि ल्याएका सुबिधाले बैकिङ्ग क्षेत्र कसरी टिकाउने भन्ने मनसायमा बैक संचालक पुगे। यसका बाबजुद पनि कठिन परिस्थितिमा बैकिङ्ग सेवा निरन्तर उपलब्ध गराइरहेका छन् । सुरुवाती लकडाउन चरणमा देखिनै सरकारले वितिय क्षेत्र आमनागरिकसँग प्रत्यक्ष सरोकार राख्ने सेबा भएकाले नेपालमा पनि बैंकिङ्ग क्षेत्रलाई पनि अत्यावश्यक क्षेत्र मानिएकाले कठिन परिस्थितिका बाबजुद सेवा दिन लाग्नु पर्यो। अर्कोतिर कठिन अवस्थाका बाबजुत पनि बैकिङ्ग सेबा दिनु सम्बद्ध बैकिङ्ग क्षेत्रको दायित्व पनि हुन आउछ। आमनागरिकले बिश्वास गरेर राखेको निक्षेप दायित्व माग बमोजिम आवश्यकता अनुसार रकम उपलब्ध गराउनु बैकिङ्ग क्षेत्रको दायित्व भित्र पर्न आउछ । अन्यथा बैकिङ्ग क्षेत्रमा अविश्वास देखा पर्न थाल्यो भने संस्थाका साथै अर्थतन्त्रमा नराम्रो असर पुग्छ । अहिलेको प्रतिस्पर्धा बजार तथा प्रबिधिको आविष्कार भएको यस्तो बेलामा आमनागरिक लाई सेबासुबिधा सहजीकरण गर्न बैंक तथा वित्तीय संंस्थाले पनि बैकिङ्ग प्रबिधिहरुको प्रयोग ल्याएको पाइन्छ। अहिले एकठाउँमा बसि बसि प्रबिधिको प्रयोग गरि सुबिधा उपभोग गर्न सेवाग्राही आशातित भएका छन। प्रबिधि प्रयोग एकातिर चुनौती थपिएको छ, जस्ले बैक तथा वितिय क्षेत्र जस्तो संबेदनसिल क्षेत्रमा थप जोखिम बढेको देखिन्छ । अर्कोतिर जोखिमलाई न्यूनीकरण गर्दै प्रबिधिको प्रयोगलाई अवसरका रुपमा सदुपयोग गर्न सक्दा बरदान साबित भएको छ जसले गर्दा यस्तो संकटको अवस्थामा पनि घरमा बसि-बसि बैकिङ्ग प्रबिधिको प्रयोगबाट सेबा लिन सजिलो भएको छ। बढ्दो बैकिङ्ग प्रबिधिको प्रयोग र बितिय साक्षरता कार्यक्रमले आमनागरिक प्रबिधिको प्रयोग गरि सेबा लिन लालायित भएका छन्। जस्तो सुकै कठिन अबस्थाका बाबजुद पनि आम निक्षेप कर्ताको निक्षेप बचत स्वीकार गर्नु वा रकम निकाल्न आएको बखत भौतिक रुपमा रकम उपलब्धता गराउनु वितिय संस्थाको दायित्व हो तर भौतिक रुपमा नोट समाउदा वा ब्यक्तिगत जनसम्पर्कले गर्दा कोरोना भाइरस सर्ने डरले बैक तथा बितिय संस्थाका कर्मचारीमा मनोबैज्ञानिक असर पुगेको छ। सकेसम्म प्रयोगमा ल्याइएको प्रबिधिको उच्चतम प्रयोग गर्न सके यस्ता जोमिखबाट आफू पनि बच्च सकिने न्युनतम मानव स्रोत साधनको प्रयोग गरि सेवा दिन सकिन्थ्यो। केन्द्रिय बैंकले पनि सुरुवाती चरणमा एक बैंकको एटीएम प्रयोग गरेर अर्को बैंक बाट रकम निकाल्दा शुक्ल नलाग्ने बनाएको थियो भने अहिले नितिगत रुपमा अब जुनसुकै बैकको एटीएम मेसिन प्रयोग गरेपनि शुल्क नलाग्ने निति ल्याएको छ जस्ले सेवाग्राहीलाई थप सुबिधा भएको छ ।हालसम्म प्रयोग आएका बैंकिङ प्रबिधि
नेपालको बैंकिङ क्षेत्र आठ दशक भन्दा लामो इतिहास भएको अवस्था छ। यो ऐतिहासिक विकासक्रमलाई अवलोकन गर्दा औपचारिक बैंकिङ प्रणालीको शुरुवात पछि शुरुका दशकहरूमा बैंकिङ सेवाको आपूर्ति र मागको बीचमा निकै खाडल देखिएपनि पछिल्लो दशकमा बैंकिङ क्षेत्रको विकास, विस्तार एवम् प्रतिफलको अवस्था उल्लेखनिय राम्रो रहेको छ। सुरुका दशकमा सूचना प्रविधि, दक्ष जनशक्ति, बजार आदिको अभावका कारण आधुनिक बैंकिङ प्रणालीको विकास हुन सकेको थिएन। वि.सं २०४० सम्म सरकारी स्वामित्वका बैंकहरूको मात्र उपस्थितिले संकुचित दायरामा निक्षेप संकलन र कर्जा प्रवाह जस्ता परम्परागत बैंकिङ सेवामा सीमित रहेको बैंकिङ क्षेत्र पछिल्ला वर्षहरूमा मोबाइल बैंकिङ, इलेक्ट्रोनिक बैंकिङ, ब्रान्चलेस बैंकिङ, भिसा तथा मास्टर कार्ड,क्युआर कोड, चौविसै घण्टा एटिएम सेवा प्रदान गर्दै नेपालको बैंकिङ क्षेत्र अन्तर्राष्ट्रिय सञ्जालसम्म जोडिन पुगेको छ। मोबाइल बैकिङ्ग तथा एटिएम सेवाको कारण बैंकिङ व्यवसाय ३६५ दिन, २४ घन्टा सेबा उपलब्ध गराउने व्यवसाय भएको छ।
विश्व बजार प्रविधि र विद्युतीय माध्यमले गर्दा एउटा घरमा सीमित हुन गएकोले यसको अधिकतम उपयोगबाट व्यापार, व्यवसाय, भुक्तानी, लगानी, उत्पादन, आय, कर, रोजगारीलगायत दैनिक कारोबार बढिरहेको छ। नेपालमा अहिले इ–कर्मस ,इ–बैंकिङ, इ–गर्भनेन्स, इ–टिकट, इ–भूक्तानी, इ–व्यापार, इ–स्वास्थ्य , इ–शिक्षा, इ–कोटेशन, इ–चुनाव जस्ता प्रबिधिको प्रयोगमा ब्यापकता छाएको छ। जुन आर्थिक कारोबार बितिय सस्थासङ्ग प्रत्यक्ष समलग्न हुने हुँदा बैंकिङ सेवाको विकास, विस्तार र प्रर्वद्धन हुदै बैंकिङ क्षेत्रको आकार निकै बढेको छ। अहिले नेपाल सरकारको उदेश्य अनुरुप हरेक स्थानीय निकायमा बैक तथा बितिय संस्था पुगेको अबस्था छ। जस्ले गर्दा देशभरका आम नागरिक बितिय कारोबार गर्न बढीभन्दा बढी आवद्ध भएका छन। हरेक बैकले सामाजिक उतरदायित्वका साथै गाउँ -गाउँमा बितिय साक्षरता कार्यक्रम लगेका छन। जस्ले बैक प्रती आम नागरिकको बिश्वास पैदा हुनाका साथै बैकिङ्ग कारोबार गर्न मानिस सचेत भएका छन। अहिले कुल ३३१६ एटिएम रहेको, डेविट कार्ड ६७ लाख ८ हजार, क्रेडिट कार्ड एक लाख २३ हजार, प्रिपेड कार्ड ६७ हजार ४ सय प्रयोगमा आएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ। बैंक एक सेवा अनेकलाई सार्थक बनाउन, अपेक्षाकृत लाभ लिन, लागत घटाउन,सेवा संचालन गरेको ठाउँमा भिडभाड कम गर्न,जोखिम न्यूनीकरण गर्न , सेवाग्राहीको समय बचत गर्न एटिएमहरूको प्रयोगलाई बढाउन ब्यबहारिक देखिन्छ। एटिएमको सहयोगले तुरुन्तै चाहेको स्थानमा, चाहेको रकम, विना झण्झट जानकारी सहित पाउन सकिएपनि यसका आफ्नै समस्या तथा चुनौतिहरू छन् जस्तोः लोडसेडिङ्गको समयमा नचल्ने, कार्ड मेशिनमा अड्किने, चोरिने, प्रणाली तथा एटिएमको ह्याकिङ्ग हुने, सिष्टम तथा सफट्वेयर नचल्ने, सिमित समयावधिको कारण नियमित नविरण र सोको लागत आदि छन्।
बैंकिङ क्षेत्र प्रतिष्पर्धी हुदै गएको सन्दर्भमा प्रविधिमा आधारीत सेवाहरूको प्रवाह बढ्दै गएको छ। केन्द्रीय बैंकले समेत भर्चुअल बैंकिङ कारोबारलाई बढाउन प्रर्वद्धन गरी बैंकिङ सेवालाई छिटो छरितो र हरेक स्थानमा बैंकिङ पहुँच पुर्याउने नीति अख्तियार गरेको छ । अहिले कालो धनलाइ बैकिङ्ग प्रणालीमा प्रवेश नगरोस् भन्ने उदेश्यले तेस सम्बन्धि नीति र कार्यान्वयन जोड दिएको छ जस्का लागी हरेक सेवाग्राहीको सुचना संकलन गर्ने गरिन्छ जस्ले आधिकारिक निक्षेप मात्र बैकमा निक्षेपको रुपमा जम्मा होस। दशलाख भन्दा बढी निक्षेप जम्मा गर्दा सबै आधारहरु हेर्ने गरिन्छ। अहिले भर्चुअल बैकिङ्ग कारोबार मार्फत सेवा सुबिधा छिटो स्तरीय बनाउन केन्द्रिय बैंकले निर्देशन जारी गरेको छ जसबाट अहिले मोबाइल बैकिङ्ग तथा आइपियस मार्फत रकम हस्तान्तरण गर्न सजिलो भएको छ। मोबाईल बैकिङ्ग मार्फत बिजुलीको बिल तिर्न ,हवाई वा बस टिकट लिन,मोबाइलमा रिचार्ड गर्न ,सिनेमा हेर्न ,होटल बुकिङ्ग,टिभी हेरेको बिल भुक्तानी गर्न रेस्टुरा,पसल ,अस्पतालमा ,पेट्रोल पम्प जस्ता ठाउँमा कारोबार नोट रहित फोन पे जस्ता प्रबिधिको प्रयोग गरि सुबिधा उपभोग गर्ने प्रबिधि ल्याएको छ । अहिले शेयरको कारोबार डिम्याटको प्रक्रिया सबै बैंकले गर्दा सजिलो भएको सजिलो भएको छ। मोबाइल बैकिङ्ग मार्फत बैक ब्यालेन्स जानकारी लिन ,ब्यारेन्स टान्सर्फर गर्न , स्टेटमेन्ट लिन ,सल्लाह सुझाव लिन सजिलो भएको छ । आइपिस मार्फत एक दिनमा १लाख सम्म रकम टान्सर्फर गर्न सकिन्छ। क्युआर कोडबाट पैसा नबोकी आफुलाइ आवस्यक सामान किन्न सकिन्छ यस्तो सुबिधा शहरी क्षेत्रमा ठुलो कारोबार हुने पसलमा बैकले उपलब्ध गराएका छ्न।
बितिय सु-शासन कायम राख्न सकिने, एकाउन्ट पेयि चेकलाई नगदमा रुपान्तरण गर्न सजिलो हुने साथै सुरक्षीत हुने,नगद बोकेर हिड्दा जोखिम बढी हुने ,कम समयमै काम गर्न सजिलो हुने तथा नोटमा हुने फोहोरको समस्या जस्ता कुराबाट छुटकारा पाउन लागी नगदमा आधारीत कारोबारलाई घटाउदै जाने रणनीति लिएको छ अहिले दश लाख भन्दा माथिको कारोबार किलेरिङ्ग हाउसबाट अनिवार्य गर्नु पर्ने बिस्तारै यो रकम घटाएर दुई लाखसम्म अनिवार्य किलेरिङ्ग हाउस मार्फत गर्नुपर्ने नीति ल्याउदै छ। जस्को लागि किलिरिङ्ग हाउस हरुलाइ लाइसेन्स दिएको छ। थप अरु कम्पनीलाई केन्द्रिय बैकले लाइसेन्स दिने प्रक्रियामा छ। बैंकिङ क्षेत्रमा सञ्चालन प्रकृतिको जोखिमको प्रभाव, दबाब र असर धेरै भएको हुँदा यसअन्तर्गत पर्ने प्रविधि र जनशक्ति जोखिमसँग सम्बन्धीत तत्वहरूको नियमित अनुगमन, सुपरिवेक्षण र निगरानी आवश्यक छ। यसप्रकारको संचालन जोखिमको पहिचान गरे पश्चात केन्द्रीय बैंकले निर्देशन सहितको परिपत्र जारी गरेसँगै नेपाली बैंकले एक पटकमा एक हजार रुपैयाँ मात्र निकाल्न सकिने र एकदिनमा एक व्यक्तिले ५० हजार भन्दा बढि रकम निकाल्न नपाउने व्यवस्था गरेको छ। नेपालका बैंकहरूले एकै कार्डमा चिप र म्याग्नेटिक स्ट्राइप दुवै प्रविधिमा आधारीत एटिएम प्रयोगमा ल्याएका छन्। हालका दिनमा नेपालमा सुचना प्रविधिको राम्रो प्रयोग र पहुँच भएको एकमात्र क्षेत्र बैंकिङ क्षेत्र भएको छ ।
संकट घडिमा बैंकिङ प्रबिधि प्रयोग र सहजता
कोरोना भाइरस कारण आम मानिसको जनजीवन लाई अप्ठ्यारो बनाएको परिस्थितिमा बैकिङ्ग प्रबिधिको प्रयोगले सहजीकरण बनाएको छ । अज कोरोना भाइरसको सुरुवाती चरणमा देशनै ठप्प अबस्थामा थियो आम मानिसको आवतजावत बन्दनै थियो भने बैकिङ्ग सेवा केन्द्रनै बन्द भएको अवस्थामा मोबाइल बैकिङ्ग प्रयोग गरि सेवा उपलब्ध गर्न अत्यन्तै सजिलो भएको थियो । तेतिबेला रास्ट्रबैकले परिपत्र जारी गर्दै यस्तो कठिन परिस्थितिमा आम नागरिक सङ्ग प्रत्यक्ष सरोकार राख्ने सेबा भएको हुँदा २४ घण्टा सेबा उपलब्ध गराउनु पर्ने परिपत्र जारी गरेको थियोे । सकेसम्म एटिएम नभएको संस्थाको ब्राच खोल्न निर्देशन दिएको थियो। साबिक भन्दा बैकिङ् प्रबिधिबाट दिने सेबालाई जोड गरेको फलस्वरूप मोबाइल बैकिङ्ग बाट दैनिक १ लाख प्रतिमहिना १० लाख बराबर कारोबार गर्न मिल्ने र मोबाइल वालेट अन्तरर्गत एक वालेट बाट अर्को वालेटमा रकम सिमा टान्फर बढाएर दैनिक ५० हजार प्रती महिना ५० लाख सिमा बढाएको थियो । एटिएम कारोबार सहजीकरण साथ संचालन गर्न आवश्यक रकम उपलब्ध गराउन, वितिय उपकरण प्रबिधिको उच्चतम प्रयोग गर्न सुल्झाएको थियो। सेवाग्राही पनि कठिन परिस्थिति हुँदा प्रबिधिको प्रयोग गर्न बाध्य हुँदा अहिले आएर प्रयोगमा अब्यस्त हुन थालेका छन। बैक तथा बितिय सस्था पनि प्रबिधिको उच्च प्रयोग बाट सेवा उपलब्ध गराउनु लागि परेका हुँदा अहिले सेवाकेन्द्र बाट सेवा दिन सजिलो हुँदै आएको महसुस गर्न थालेका छन। अझ त्यो बेला केन्द्रिय बैकले लागू गरेको जुनसुकै बैकको एटीएम मेसिन प्रयोग गरे शुल्क नलाग्ने दिएको निर्देशन अब नितिगत रुपमा लागू गर्न निर्देशन दिएको छ जस्ले सेवाग्राही थप फाइदा पुगेको छ । अहिले अनलाइन माफर्त घरायसी खाद्यान्न सामाग्री किन्दा होस ,अरु आवश्यक बस्तु किन्दा ,मोबाइल बिल,वैद्युतिय,टेलिफोन ,टेलिभिजन बिल आदि प्रयोग गर्दा लाग्ने शुल्क नलिने साथै केही बैक हरुले सामान किन्दा लाग्ने रकम छुट दिने घोषणा गरेका थिए।
जस्ले घरमै सामान उपलब्ध पनि हुने ,घरबाटै सबै पेमेन्ट गर्न सजिलो हुने हुँदा अहिले प्रयोग गर्न उत्साह जनक ब्यापकता छाएको छ । सामाजिक उत्तरदायित्व अन्तरर्गत यस संकटको परिस्थितिमा आम सेवाग्राहीलाई ध्यानमा राखी सकेसम्म सजह तरिकाबाट बितिय सेबा उपलब्ध गराउदै आएका छन। यस्तो कठिन घडिमा पनि उपलब्ध स्रोतसाधन परिचालन गरि निभिर्कता पुर्बक सेबासुबिधा उपलब्ध गराउने बैक तथा बितिय संस्थाको कामलाई पोत्साहन गर्नैपर्छ ।