बैंकिङ खबर । डेभ्लपमेन्ट एलायन्स नेपालले मिति २०७७ भाद्र २६ देखि २९ गतेसम्म सिभिल बैंकका कर्मचारीहरुका लागि कृषि वित्त तालिम ( Training on Agricultural Sector Finance) सम्पन्न गरेको छ ।
अनलाइन विधिबाट संचालित उक्त तालिम कार्यक्रममा देशका विभिन्न शाखाहरुमा कार्यरत २१ जाना प्रवन्धक र ६ जना पर्यवेक्षकहरुको सहभागीता रहेको थियो ।
नेपालमा ब्यावसायिक रुपले फस्टाउँदै गएका कृषिका उपक्षेत्रलाई केन्द्रित गरी कृषि कर्जा विश्लेषणका प्राविधिक र वित्तीय पक्षका सम्बन्धमा प्रशिक्षण प्रदान गरिएको थियो । कुखुरा पालन, पशु पालन, मत्स्यपालन, तरकारी एवं फलफूल खेतीका साथै शीतघर ब्यवसायलाई लक्षित गरी सम्बन्धित विषयका विशेषज्ञहरुले कर्जा विश्लेण सम्बन्धमा प्रशिक्षण दिएका थिए । यसका साथै नेपालमा कृषि ब्यवसायका चुनौति, कृषि कर्जा लगानी गर्दाका संभावित जोखिम, कृषि कर्जा विश्लेषण गर्दा ध्यान दिनु पर्ने पक्षका बारेमा समेत सहभागीहरुलाई जानकारी गराइएको थियो ।
अनलाइन विधिबाटै सम्पन्न गरिएको समापन गरिएकोे तालीम काय्रकमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले कृषि कर्जा विस्तार गर्न सकिए ग्रामीण अर्थतन्त्रको रुपान्तरण हुनुका साथै बैंकको ब्यवसाय विस्तारमा सहयोग पुग्ने धारणा राख्नु भयो । कोभिड–१९ जस्तो महामारीले रोग र भोक दुबैसंग जुध्न कृषि नै मुख्य क्षेत्र रहेको सन्देश दिएकोले पढेलेखेकाले कृषिमा लाग्न हँुदैन भन्ने सामाजिक धाराणालाई चिर्दै कृषिको ब्यवासयिकरण र यान्त्रीकरणमा सबैको प्रयास केन्द्रित हुनु पर्ने बिचार राख्नु भयो । अर्थतन्त्र चलायमान बनाउन बैंकको भूमिका महत्वपूर्ण हुने हँुदा कृषि कर्जा विश्लेषणमा दक्षता अभिबृद्धि गर्दै कृषि कर्जा विस्तारमा लाग्न र कृषि भन्ने बित्तिकै लगानी गर्न नहच्किन समेत बैंक कर्मचारीहरुलाई गुरुङ्गले निर्देशन दिनु भयो । यसका साथै लघु उद्यम तथा विपन्न वर्ग कर्जा विभागका प्रमुख श्री युवराज गुरागाईले बैंकको संस्थागत सोच कृषि कर्जालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने रहेकोले यस किसिमको तालिमले कृषि कर्जा विस्तारमा सहयोग पुग्ने मन्तब्य राख्नु भयो ।
तालिम संयोजक एवं कृषि वित्त विज्ञ बिजयराज पोखरेलले संयोजन गर्नु भएको उक्त कार्यक्रमको समापनको क्रममा डेभलम्पेन्ट एलायन्स नेपालका अध्यक्ष तोयानाथ पाण्डेयले एलायन्स नेपाल कृषि विकास बैंकबाट अवकास प्राप्त कृषि कर्जाको क्षेत्रमा लामो अनुभव प्राप्त विज्ञ समूहद्धारा प्रवद्र्धित संस्था रहेको र यसले आगामी दिनमा कृषि वित्त क्षेत्रमा सघाउ पु¥याउन विभिन्न बैंक तथा वित्तीय संस्था एवं सरोकारवाला निकायहरुसंग सहकार्य गरी अगाडि बढ्ने जानकारी गराउनु भयो । बैंकले कृषि कर्जाको रणनीति बनाएर स्थानीय निकायहरुसंग समन्वय गर्दै अगडि बढ्न सके कृषि कर्जा कार्यक्रम प्रभावकारी हुने सुझाव राख्दै हालसम्म विभिन्न वाणिज्य बैंकका २०० भन्दा बढी कर्मचारीहरुलाई कृषि वित्त तालिम प्रदान गरिसकिएकोे जानकारी पाण्डेयले गराउनु भयो ।
नेपाल राष्ट्र बैंकले समेत यस अर्थिक वर्षदेखि वाणिज्य बैकहरुले लगानी गर्ने कूल कर्जामा कृषि कर्जाको सीमा १० बाट १५ प्रतिशत कायम गरेको सन्दर्भमा यस प्रकारको तालिमबाट गुणस्तरीय कृषि कर्जा प्रवाह गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ ।