बैंकिङ खबर । सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ घटेर मंगलबार तोलाको ९५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको ९६ हजार १ सय रुपैयाँ कायम भएको थियो । यस्तै आज तेजावी सुनको मूल्य ९ हजार ३ सय कायम भएको छ ।
यता,आज चाँदीको मूल्य १ हजार ३ सय १० रूपियाँ कायम भएको छ ।