
अर्थमन्त्री डा युवराज खतिवडाले आज साँझ राजीनामा दिने भएका छन् । मन्त्रिपरिषद् बैठकमा उनले पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । मन्त्रीपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय सुनाएका थिए । त्यस लगत्तै अर्थमन्त्री डा युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका हुन् । संसद सदस्य सकिएपछि अर्थमन्त्री खतिवडा बर्तमान सरकारबाट बाहिरीएका हुन् । अर्थमन्त्री खतिवडा आजै मन्त्री निवासबाट आफ्नो निवासमा सर्ने बताइएको छ ।