Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

पूँजीबजार सम्बन्धी राष्ट्रिय निबन्ध प्रतियोगिता हुँदै

२०७७ भाद्र १९ गते

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले विश्व लगानीकर्ता सप्ताह २०२० को अवसरमा पूँजीबजार सम्बन्धी पहिलो राष्ट्रिय निबन्ध प्रतियोगिता आयोजना गर्न लागेको छ ।

युनियनले नेपालभरका शैक्षिक संस्थामा स्नातकोत्तर र दर्शनाचार्य तहसम्म अध्ययनरत विद्यार्थीहरुलाई निम्न मध्येको कुनै एक बिषयमा निबन्ध प्रतियोगितामा सहभागिताको लागि आह्वान गरेको छ ।

  • देशको द्रुततर विकासमा पूँजीबजारको भूमिका (Role of capital market in rapid development of country)
  • पूँजी बजार मार्फत महिला सशक्तिकरण (Women empowerment through capital market)
  • वित्तीय साक्षरता र पूँजी बजार (Financial literacy and capital market)
  • पूँजी बजार, सेवा प्रवाह र संस्थागत सुशासन (Capital market, service delivery and corporate governance)
  • प्रभावकारी पूँजी बजारका लागि सूचना प्रविधि (Information technology for efficient capital market)
  • कोभिड-१९ र अबको पूँजी बजार (Covid-19 and way forward of capital market)

प्रतियोगिताका शर्तहरु

  • निबन्ध नेपाली वा अंग्रेजी भाषामा बढीमा ४००० शब्द नबढाइ लेख्नुपर्नेछ।
  • नेपाली भाषाको लागि प्रिती फन्ट (१४) र अंग्रेजीको लागि Times New Roman फन्ट (१२) मा टाइप गरिएको, चारैतिर १ इन्च मार्जिन छोडिएको, Style: Justified हुनुपर्नेछ।
  • निबन्धका साथमा सम्बन्धित कलेज वा विश्वविद्यालयको परिचयपत्रको प्रतिलिपी समावेश भएको हुनु पर्नेछ, साथै सहभागीले निबन्धमा सम्पर्क ठेगाना, फोन नं. र इमेल अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ।
  • प्रतियोगिताका लागि प्राप्त निबन्धहरु मध्येबाट उत्कृठ निबन्धहरु छानेर नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनले पुस्तकको रुपमा प्रकाशन गर्न सक्नेछ।
  • प्रतियोगिताका लागि निबन्ध इमेल ठेगाना seboneu@hotmail.com मा MS Word Format मा मिति २०७७ आश्विन १४ (30th September, 2020) सोमबार बेलुका ५ बजेसम्म पठाइसक्नु पर्नेछ।
  • नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज तथा सिडिएससीका कर्मचारीहरु प्रतियोगितामा सहभागी हुन सक्ने छैनन्।
  • प्रतियोगितामा प्रथम हुने सहभागीलाई रु २०,००० नगद तथा सम्मान पत्र, द्धितिय हुने सहभागीलाई रु १५,००० नगद तथा सम्मानपत्र, तृतीय हुने सहभागीलाई रु १०,००० नगद तथा सम्मान पत्र साथै तीन सहभागीलाई प्रोत्साहन पुरस्कार स्वरुप रु ५,००० जनही र सम्मानपत्र प्रदान गरिने छ।
  • प्रतियोगिताको नतिजा २०२० को अक्टोबर महिनामा मनाइने विश्व लगानीकर्ता सप्ताहको अन्तिम दिन प्रकाशन गरिने छ।
  • प्रतियोगिता सम्बन्धी थप जानकारी यूनियनको आधिकारिक फेसबुक पेज https://www.facebook.com/EUSEBON का साथै यूनियनका सदस्य अजय ढुङ्गाना (९८५५०८२४६४) मार्फत लिन सकिनेछ।
  • प्रतियोगिता सम्बन्धी अन्तिम निर्णय नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनमा रहने छ।
Ad