Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोना भाइरसको प्रभावबीच निर्जीवन बिमा कम्पनीको नाफा साढे १२ प्रतिशतले बढ्यो

२०७७ भाद्र ७ गते

 विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरसको प्रभावकाबीच पनि निर्जीवन बिमा कम्पनीको नाफा साढे १२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा निर्जीवन बिमा कम्पनीको नाफामा निकै सुधार देखिएको छ । कोरोना भाइरसको महामारीबीच पनि निर्जीवन बिमा कम्पनीले नाफामा सुधार भई गत आवमा निर्जीवन बिमा कम्पनीको नाफा १२ दशमलव ४४ प्रतिशतले बढेको पाइएको हो ।

अघिल्लो आवमा ३ अर्ब ८८ करोड २४ लाख ९ हजार १ सय ५८ रुपैयाँ नाफा आर्जन गरेका निर्जीवन बिमा कम्पनीले गत आवमा ४ अर्ब ३६ करोड ५६ लाख ३२ हजार ६ सय ४३ रुपैयाँ नाफा आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका २० वटा जीवन बिमा कम्पनीमध्ये १८ वटाको विवरणअनुसार तीनवटा कम्पनीको नाफामा गिरावट आएको छ भने एउटा कम्पनीको नाफामा सामान्य मात्रै बढोत्तरी हुँदा बाँकी कम्पनीको नाफामा निकै सुधार देखिएको बिमा समितिले जनाएको छ ।

अघिल्लो आवमा ३ अर्ब ८८ करोड २४ लाख ९ हजार १ सय ५८ रुपैयाँ नाफा आर्जन गरेका निर्जीवन बिमा कम्पनीले गत आवमा ४ अर्ब ३६ करोड ५६ लाख ३२ हजार ६ सय ४३ रुपैयाँ नाफा आर्जन गरेका छन्

समितिका अनुसार गत वर्ष हिमालयन जनरल इन्स्योरेन्स, लुम्बिनी जनलर इन्स्योरेन्स र सरकारको स्वामित्वमा सञ्चालित राष्ट्रिय बिमा कम्पनीको नाफामा गिरावट आएको छ भने अन्य कम्पनीको नाफामा सुधार देखिएको छ । यस अवधिमा धेरै नाफा बढाउने बिमा कम्पनीमा एभरेस्ट इन्स्योरेन्स रहेको छ । एभरेस्टको नाफा ३ सय ८१ दशमलव ५२ प्रतिशतले बढेर १९ करोड ३१ लाख ३९ हजार रुपैयाँ पुगेको छ । यसैगरी, रकमका आधारमा सबैभन्दा धेरै नाफा आर्जन गर्ने बिमा कम्पनीमा राष्ट्रिय बिमा कम्पनी छ । यसको नाफा ६३ करोड ८५ लाख ६६ हजार रुपैयाँ रहेको छ । तर पनि यसको नाफामा १८ दशमलव २७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ६३ करोड ८५ लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

सो अवधिमा पु्रडेन्सियल इन्स्योरेन्सको नाफा ०.६५ प्रतिशतले मात्रै बढेको छ । यसैगरी, सानिमा जनरल इन्स्योरेन्सको ५३ दशमलव ४० प्रतिशतले बढेको छ । त्यसैगरी, अजोड इन्स्योरेन्सको ५० दशमलव ८५ प्रतिशत, आईएमई जनरल इन्स्योरेन्सको ४५ दशमलब ४४ प्रतिशत र प्रिमियर इन्स्योरेन्सको नाफा ४४ दशमलव शून्य ७ प्रतिशतले बढेको छ ।

राजधानी दैनिकमा प्रकाशित समाचार ।

Ad