Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोना संक्रमण नियन्त्रणमा १३ अर्बभन्दा बढी खर्च

२०७७ भाद्र ७ गते

 कोरोना संक्रमण नियन्त्रणका लागि रू. १३ अर्ब ३६ करोडभन्दा बढी खर्च भएको सरकारले बताएको छ । कोरोना संक्रमण नियन्त्रणमा २०७६ चैतदेखि २०७७ साउन मसान्तसम्म १३ अर्ब ३६ करोड ७० लाख रुपैयाँ खर्च भएको सरकारका प्रवक्ता तथा अर्थ एवं र सञ्चामन्त्री डा. युवराज खतिवडाले बताए ।

उक्त रकम औषधि र स्वास्थ्य सामग्री, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन एवं क्वारेन्टाइन र अन्य क्षेत्रमा खर्च भएको मन्त्री खतिवडाले जानकारी दिए । मन्त्री खतिवडाका अनुसार संघीय सञ्चित कोषबाट ५ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको छ । उक्त रकममध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ अर्ब १७ करोड र रक्षा मन्त्रालयले २ अर्ब ३७ करोड खर्च गरेका छन् ।

यसैगरी गृह मन्त्रालयबाट २० करोड ८३ लाख, परराष्ट्रबाट ६ लाख, पर्यटनबाट ४ करोड ४९ लाख र शहरी विकास मन्त्रालयबाट १ करोड २९ लाख रकम खर्च भएको छ । कोभिड कोषबाट त्यस अतिरिक्त १ अर्ब ३ करोड रुपैयाँ खर्च भएको मन्त्री खतिवडाले जानकारी दिए ।

त्यसैगरी प्रदेश सरकारहरूबाट १ अर्ब ४९ करोड ७० लाख रुपैयाँ खर्च भएको छ । प्रदेश १ मा २० करोड ७१ लाख, प्रदेश २ मा १७ करोड २ लाख, बागमती प्रदेशले १३ करोड ६७ लाख, गण्डकी प्रदेशले १४ करोड ५४ लाख, प्रदेश ५ ले १० करोड ५९ लाख, कर्णाली प्रदेशले २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशले ४२ करोड ४८ लाख रुपैयाँ खर्च गरेका छन् । त्यसैगरी स्थानीय तहबाट ६ अर्ब २ करोड रुपैयाँ खर्च भएको प्रवक्ता खतिवडाले बताए ।

आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।

Ad