बैंकिङ खबर । सुदुर पश्चिम क्षेत्रमा बलियो उपस्थिति रहेको कञ्चन डेभलपमेन्ट बैंक लि. लाई प्राप्ति गरी ओम डेभलपमेन्ट बैंकलाई गाभेको एनएमबि बैंकले आज आइतबारबाट एकिकृत कारोबार शुरु गर्दैछन् । अब एनएमबि बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । दुवै बैंकको असार २१ गते सम्पन्न भएको विशेष साधारण सभाद्धारा प्राप्ति सम्बन्धी प्रस्ताव पारित भएको थियो ।
दुवै बैंकलाई एकीकृत कारोबार गर्न केन्द्रीय बैंकले साउन २५ गते अन्तिम स्वीकृति समेत दिइसकेको छ । कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००ः ८५ लाई अन्तिम स्वीकृति प्रदान गरीएकोे छ । जसअनुसार कञ्चन डेभलपमेन्ट बैंक लि. का शेयरधनीहरुले कञ्चन डेभलपमेन्ट बैंक लि. को १०० कित्ता बराबर एनएमबि बैंक लिमिटेडको ८५ कित्ता शेयर प्राप्त गर्नेछन् । अब बैंकको चुक्ता पुँजी रु. १४ अर्ब ४५ करोड पुग्नेछ भने रिजर्भ ७ अर्व ५ करोड रुपैयाँ पुग्नेछ ।