बैंकिङ खबर । सानिमा बैंकले विहीबार कुन कुन बैंक खुल्ने भनेर आफ्नो वेभसाइटमा सुचना हालेको थियो । तर विहीबार सानिमा बैंकका सिइओ भुवन दाहाललाई प्रहरीले आवत जावत गर्दा सोधखोज गर्यो । उनका केही कर्मचारीलाई पनि सोध खोज गर्यो । यत्तिकैमा दाहालले बैंकको सेवा रोक्ने निर्णय गरे । सेवा रोक्ने मात्रै होइन आफू बैंकर्स संघको अध्यक्ष भएका कारण सबै बैैकको सेवा रोक्न निर्देशन दिन थाले । उनको निर्देशन पछि पनि केही बैंकहरुले सेवा सुचारु गरे । तर उनी सिइओ रहेको सानिमा बैंकले सबै सेवा रोक्यो । सेवा रोकिसकेपछि बैंकले आफ्नो वेभसाइट भने करेक्शन गरेन । वेभसाइटमा बैंक खुल्ने ठाउँहरुको बारे सुचना राखियो । तर बैंकका शाखा हेरेर गएका सेवाग्राही बैंक बन्द देखेर छक्क परे । उनीहरुले वेभसाइट हेरे । फेरि पनि बैंकको खुल्ला रहने शाखाहरुको नाम देखे । अनि बैंकका कर्मचारीलाई फोन गरे । फोन गर्दा उताबाट जवाफ आयो ‘आज बैंक बन्द छ ।’ बैंक जस्तो संवेदनशील क्षेत्रमा भएका केही घटनालाई लिएर सेवा नै बन्द गर्नु कत्तिको जायज मानिएला ? जसको सुचनाले कैयौ सेवाग्राहीले दुख पाए ।
