बैंकिङ खबर । लिवर्टी ईनर्जी कम्पनीको आइपीओमा आकर्षण बढेको छ । जसमा पहिलो दिनमै १० करोड २ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुासर २६ हजार एक सय ९० जना आवेदकले कम्पनीको १० लाख २ हजार ६० कित्ता सेयरको लागि आवेदन दिएकाछन् । कम्पनीले भदौ ३ गतेबाट ३५ करोड ६४ लाख रूपैयाँको ३५ लाख ६४ हजार ९ सय ३० कित्ता सेयर (आइपीओ) सर्वसाधारणका लागि बिक्रीमा राखेको हो । यसका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ता सेयरको लागि आवेदन दिन सक्नेछन् ।