Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

प्रभु क्यापीटलमा भदौ महिनाभरी निशुल्क डिम्याट खाता खोल्न सकिने

२०७७ भाद्र २ गते

प्रभु क्यापीटलले निशुल्क डिम्याट खाता खोल्ने अवधि थप गरेको छ । “प्रभु क्यापिटल सँग जोडौं नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता” भन्ने नाराका साथ प्रभु क्यापिटल लिमिटेडले श्रावण महिनाभरी डिम्याट खाता खोल्ने ग्राहकहरुको लागि ३ वर्षे निःशुल्क डिम्याट खाता र मेरो शेयर योजना सञ्चालन गरेकोमा ग्राहकहरुको मागलाई मध्यनजर गर्दै उक्त निशुल्क योजना २०७७ साल भाद्र मसान्त सम्म थप गरेको छ । नेपाल सरकार र नेपाल धितोपत्रबार्डबाट समेत विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न अनुरोध भए अनुसार उक्त क्यापिटलले https://dematapply.prabhucapital.com बाट अनलाईन खाता खोल्ने सुविधा सञ्चालन गरेको छ । साथैं यस योजनामा प्रभु क्यापिटल लिमिटेडको केन्द्रिय कार्यालय, कमलादी तथा प्रभु बैंक लिमिटेडको नेपाल भरी रहेका २१० वटै शाखाबाट छिटो, छरितो रुपमा डिम्याट र मेरो शेयरको खाता खोल्न सकिने सुविधा समेत सञ्चालन गरेको जनाएको छ ।

Ad